sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अवैध क्रसर उद्योगविरूद्ध लागेका दिलिप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ 0९:४३
अवैध क्रसर उद्योगविरूद्ध लागेका दिलिप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

औरही खोलामा अवैध रुपमा बालुवा–गिट्टी खनेको विरोध गर्दा मारिएका महतोको घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो दोषी ठहर भएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

उनका अनुसार जिल्ला  अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले विपिन, जितेन्द्र मुख्य कसुरदार र मुनीन्द्र मतियार ठहर भएका हुन्।

अगामी फागुन १२ गते उनीहरूलाई न्यायाधीश गुरुङले सजाय निर्धारण गर्ने स्रेस्तेदार बस्नेतले बताए।

उनका अनुसार मुख्य अभियुक्तहरूलाई २५ वर्ष वा आजिवन कैद सजाय हुनसक्छ।

कसुरदार ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन्। जितेन्द्र र मुनीन्द्र त्यहाँ कामदार थिए।

हत्या अभियुक्तहरू क्रसर उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोलाई सफाइ दिएको छ।

अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको स्रेस्तेदार बस्नेतले बताए।

घर नजिकैको औरही खोलामा भैरहेको उत्खननको विरोध गर्न पुगेका दिलिपको २०७६ पुस २५ गते बिहान हत्या भएको थियो।फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरी बेहोस बनाएर दिलिपको जिउमाथि टिपर चलाइएको थियो।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ 0९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid