May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

अवैध क्रसर उद्योगविरूद्ध लागेका दिलिप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ 0९:४३
अवैध क्रसर उद्योगविरूद्ध लागेका दिलिप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

औरही खोलामा अवैध रुपमा बालुवा–गिट्टी खनेको विरोध गर्दा मारिएका महतोको घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो दोषी ठहर भएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

उनका अनुसार जिल्ला  अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले विपिन, जितेन्द्र मुख्य कसुरदार र मुनीन्द्र मतियार ठहर भएका हुन्।

अगामी फागुन १२ गते उनीहरूलाई न्यायाधीश गुरुङले सजाय निर्धारण गर्ने स्रेस्तेदार बस्नेतले बताए।

उनका अनुसार मुख्य अभियुक्तहरूलाई २५ वर्ष वा आजिवन कैद सजाय हुनसक्छ।

कसुरदार ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन्। जितेन्द्र र मुनीन्द्र त्यहाँ कामदार थिए।

हत्या अभियुक्तहरू क्रसर उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोलाई सफाइ दिएको छ।

अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको स्रेस्तेदार बस्नेतले बताए।

घर नजिकैको औरही खोलामा भैरहेको उत्खननको विरोध गर्न पुगेका दिलिपको २०७६ पुस २५ गते बिहान हत्या भएको थियो।फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरी बेहोस बनाएर दिलिपको जिउमाथि टिपर चलाइएको थियो।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ 0९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट