May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मुख्यमन्त्री कार्कीद्वारा आज मन्त्रिपरिषद विस्तार

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १३:२३
मुख्यमन्त्री कार्कीद्वारा आज मन्त्रिपरिषद विस्तार
  • मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै
  • एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्ने 
  • लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी लगायत मन्त्री बन्ने सम्भावना

विराटनगर ।।

विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपि लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी लगायत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो । नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जानकारी दिए ।

सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । विश्वासको मत लिने मिति सकिन करिब दुई साता बाँकी हुँदा उनले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । कोशी प्रदेशमा हाल तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।