April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सन्दीप लामिछानेको मुद्दा सुनुवाई हुदै

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३१
सन्दीप लामिछानेको मुद्दा सुनुवाई हुदै

काठमाडौं ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सुनुवाइ सुरु भएको छ। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन।

सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका थिए। सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दिएको छ। उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधीवक्ता कार्यालयको माग छ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदन एकैसाथ राखेर आज सुनुवाइ सुरु भएको हो। महान्यायाधिवक्ता सपना मल्ल प्रधान र कुमार चुडालक बन्द इजलासमा मुद्दाको सुनवाई सुरु भएको हो।

लामिछानले विश्वकप लिग–२ अन्तर्गतको खेलमा सहभागी हुन पाउँ भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए।

शुक्रबार सो मु्द्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई युएई भ्रमणमा सहभागी हुन नपाउने आदेश दिएको थियो।

उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।