May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सन्दीप लामिछानेको क्रिकेट खेल्ने ढोका खुल्ला : सर्वोच्च

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १६, २०७९ ११:५८
सन्दीप लामिछानेको क्रिकेट खेल्ने ढोका खुल्ला : सर्वोच्च

काठमाडौं

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश सदर गर्दै मुलुकबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले सोमबार लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको उल्लेख गर्दै विदेशमा क्रिकेट खेल्न जान लगाएको रोकलाई फुकुवा गरेको हो।

‘सन्दीप लामिछानेलाई विदेशमा सहभागी हुनुपर्ने क्रिकेट खेलमा विदेश जान दिनु, दिलाउनू एवं निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनु भनी सम्बन्धित निकायमा लेखिपठाउनु,’ आदेशमा भनिएको छ। सर्वोच्चले यसअघि २०७९ पुस २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश सदर गरेको हो। तर, विदेश जानबाट लगाएको रोक भने बदर गरेको छ।
जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक लगाउँदै धरौटीमा छाड्न आदेश दिएको थियो।  महान्यायाधिवक्ता कार्यालयले थुनामै राखेर मुद्दा अघि बढाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो। लिग टु अन्तगर्तको सिरिज खेल्न यूएई जान पाउँ भनी लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए। दुवै निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले विदेशमा क्रिकेट खेल्न जान पाउने अनुमति दिएको हो।

सर्वोच्चले नेपालको तर्फबाट सहभागी भई विदेशमा क्रिकेट खेल्न लामिछाने गएको भएमा सो खेल समाप्त भई उपलब्ध यातायात साधन जस्तै हवाईजहाज स्वदेश फर्कन लाग्ने युक्तिसंगत म्यादबाहेक १५ दिनभित्र सम्बन्धित मुद्दा हेर्ने अदालतमा उपस्थित भई स्वदेश फर्केको जानकारी दिन आदेश गरेको छ। यस शर्तको उल्लंघन गरेमा उक्त सुविधा फिर्ता लिने भन्ने व्यहोराको जानकारी लामिछानेलाई गराउन पनि सर्वोच्चले आदेश दिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १६, २०७९ ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट