काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
कुशल मल्ल २ रन बनाएर आउट भएका हुन् । उनले ८ बल खेले । कुशललाई पनि पीएनजीका रिले हेकुरेले २०.६ ओभरमा एलेइ नाओबाट क्याचआउट गराएका हुन् ।
२२ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १२४ रन बनाएको छ । ओपनर आसिफ शेख ७० रन बनाएर खेलिरहेका छन् ।
नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।