April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

अब राष्ट्रपतिको पद कसरी हुन्छ त हन्तान्तरण ?

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ १९:0६
अब राष्ट्रपतिको पद कसरी हुन्छ त हन्तान्तरण ?

 काठमाडौं ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । कतिपयलाई उनी अब शितलनिवास गइहाल्छन् भन्ने लागेको छ । तर यथार्थमा पद हस्तान्तरणको प्रक्रिया केही फरक छ ।

राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाका अनुसार निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु पर्ने छ । त्यसका निर्वाचन आयोगले शुक्रबारको समय पाएको उनले बताए ।

राष्ट्रपति भण्डारीले नयाँ राष्ट्रपति निर्वाचित भएको जानकारी पाएपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुने सचिव कोइराला बताउँछन् । उनका अनुसार, त्यसपछि समन्वयमा शपथ ग्रहणको कार्यक्रम तय हुन्छ ।

शपथ ग्रहण कहिले हुन्छ भन्ने मिति तोकिएको छैन । २८ फागुनसम्म राष्ट्रपति भण्डारीको पदावधि रहेकाले त्यसलाई समेत ध्यानमा राखेर शपथ ग्रहणको मिति तय गरिने कोइरालाले बताए ।
शपथ ग्रहणपछि नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने र निवर्तमान राष्ट्रपतिलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवाससम्म पु¥याउने काम हुन्छ ।

संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ १९:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट