May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा

प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १५:१७
प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते

फिदिम : पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेका छन्। कुटाईबाट सुवेदी घाइते छन्। सुवेदीको दाया आँखाको डिलमा चोट लाग्नुको साथै अनुहार सुनिएको छ। आइतबार लिङ्देनले सुवेदीलाई दुई पटक क्वाटरमा बोलाए। ‘भाई हिजो बेलुका यमुनाको होटलमा बसेको हो ?,’ सुवेदीलाई पहिलोपटक क्वाटरमा बोलाएर लिङ्देनले केरकार गरे। जवाफमा सुवेदीले भने ‘हैन हामी सुवर्ण केदम सरको कोठामा बस्यौ।’ केदम सोही पालिकाका कर्मचारी हुन्। केही समय केरकार गरेपछि सुवेदीलाई लिङ्देनले त्यहाँबाट पठाए।

दोस्रोपटक सुवेदीलाई लिङ्देनले क्वाटरमा बोलाए। पुग्नेबित्तिकै लिङ्देनले सुवेदीलाई झम्टिए। ढोका बन्द गरे र सुवेदीलाई कुटपिट गरे। ‘हिजो किन म्यासेज गरेको भनेर हाकिम सापले कुट्नुभयो,’ सुवेदीले भने ‘कस्तो म्यासेज हो त्यो मलाई थाहा छैन। मैले उहाँलाई म्यासेज लेखेको पनि छैन।,’

उक्त घटना सामान्य भएको लिङदेनको भनाइ छ। ‘हामी छलफलमा छौँ,’ लिङ्देनले फोनमा भने ‘घटना सामान्य हो। कुटपिट भएकै छैन।’ कुटपिटको घटनालाई सामसुम बनाउन एकथरी कर्मचारी र जनप्रतिनिधि लागि परेका छन्।

घटनाका विषयमा पालिका अध्यक्ष सुवास योङ्या र उपाध्यक्ष बाबा मेनेङ्बो बोल्न चाहेनन्। उनीहरूले सदरमुकाम फिदिम आउँदै गरेको र केही समयपछि बुझेर बोल्ने प्रतिक्रिया दिएका छन्।

म्यासेज कस्तो थियो र कसले पठाएको भनेर प्रष्ट रूपमा लिङ्देनले बताउन चाहेका छैनन्। लिङ्देन र पालिकाकी एक महिला कर्मचारीबीचको अनैतिक सम्बन्धका बारेमा म्यासेज भएकाले लिङ्देनले खुलाउन नचाएको स्रोतको दावी छ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।