May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १३:२१
पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई दुई सय ४७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले ९ विकेट गुमाएर गुमाएर दुई सय ४६ रनको योगफल तयार गर्यो।
पीएनजीका शीर्ष तीन ब्याटरले उत्कृष्ट ब्याटिङ गरे पनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिँदा विशाल योगफल बनाउन असफल रह्यो। ओपनर किप्लिन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रनको अर्धशतकीय इनिङ खेले।

अर्का ओपनर हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्कासहित ७७ रनको अर्को अर्धशतकी इनिङ खेलेका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका सेसे बाउले एक सय ६बलमा १० चौकासहित अविजित ८१ रनको इनिङ खेले।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यूएईका लागि आयन अफजल खानले १० ओभरमा ३४ रन खर्चेर तीन मेडनसहित सर्वाधिक तीन विकेट लिए। यस्तै, जहुर खाले सात ओभरमा ४९ रन खर्चेर दुई विकेट लिए। जुनेद सिद्धिक्वीले ९ ओभरमा ३९ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए।

यस्तै रोह मुस्तफा र कार्तिक मेइयाप्पनले एक–एक ब्याटरलाई पेभेलियन फर्काएका थिए।

बिहीबार भएको खेलमा नेपालसँग ५२ रनले पराजित भएको पीएनजी आज पहिलो जितको खोजीमा हुनेछ। यस्तै, एकदिवसीय शृंखला जोगाउन यूएई पनि आजको खेल जित्नै पर्ने दबाबमा छ।

तालिकाको छैटौं स्थानमा रहेको यूएई पाँचौं स्थानको नेपालभन्दा तीन अंकले पछाडि छ। यद्यपि, नेपालले एक खेल बढी खेलेको छ। नेपालले बाँकी तीनै खेलमा जित निकाले शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउने छ।

यूएईले भने बाँकी चारै खेलमा जित निकाले पनि नेट रनरेट निर्णायक बन्ने छ। आजको खेलमा पराजित भए यूएईको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। यस्तै, शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता जोगाउन पनि अझै चुनौतीपूर्ण बन्ने छ।

पीएनजी चार खेल मात्र जितेर ९ अंकसहित पुछारमा छ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।