May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १४:३८
नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

 काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन् ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई सन्देशमा भनेका छन् ।
पौडेल वर्तमान व्यवस्थाका निम्ति लामो संघर्ष गरेको व्यक्ति भएको उल्लेख गर्दै संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउने अपेक्षा थापाले गरेका छन् । ‘संविधानको परिकल्पना अनुरुपको राजनीतिक संस्कार र व्यवहार अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ,’ थापाले भने । राष्ट्राध्यक्षको नाममा विगतमा भएको अनावश्यक तडक–भडक नहुने थापाले राष्ट्रपति पौडेलसँग अपेक्षा गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।