May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फेसबुकमा विज्ञापन दिएर रोजगारीको नाममा भारतको सिलगुडी पुर्‍याएर ठगी गर्ने चार जना पक्राउ

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ 0९:३८
फेसबुकमा विज्ञापन दिएर रोजगारीको नाममा भारतको सिलगुडी पुर्‍याएर ठगी गर्ने चार जना पक्राउ

नेपालीहरूलाई आकर्षण रोजगारीको नाममा ठगी गरी भारत लैजाने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कैलाली लम्कीका कृष्ण देवकोटा, सङ्खुवासभाका मनिष कार्की, झापा कचनकवलका तीर्थ सिग्देल र सोही ठाउँका रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले चारै जनालाई बिहीबार बेलुका भद्रपुर विमानस्थल नजिकैबाट पक्राउ गरेको हो । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा रहेको ओलाइभ मेनुफेक्चरिङ मार्केटिङ प्रालिमा आकर्षक सेवा सुविधासहित रोजगार पाइने भन्दै उनीहरूले सामाजिक सञ्जालमार्फत विज्ञापन गरी नेपाली युवायुवतीलाई भारत पुर्याउँदै आएका थिए ।
उनीहरूको प्रलोभनमा परी एक महिनाअघि भारतको सिलिगुडी पुगेर त्यहाँबाट भागेर आएका बिर्तामोड ३ की ज्योति राजवंशी र मोरङ बेलबारीका नवीन राजवंशीले आफूहरू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए । उजुरी दिने ज्योति र नवीन नाताले श्रीमानश्रीमती हुन् ।
राजवंशी दम्पतीको सहयोगमा भद्रपुर नाकाबाट भारत लैजान लागेका बर्दियाकी लक्ष्मी चौधरी थारु, मकवानपुर हेटौडा ५ की सीता दराई र पर्सा गढी गाउँपालिकाका अजित तामाङलाई उद्धार गर्न सफल भएको डीएसपी कार्कीले बताए ।
ओलाइभ मेनुफेक्चरिङ मार्केटिङ प्रालिका सञ्चालकहरूले सीता दराईबाट २५ हजार, अजित तामाङबाट २६ हजार, ज्योति राजवंशीबाट २० हजार, नवीन राजवंशीबाट २० हजार, लक्ष्मी चौधरी थारुबाट २५ हजार रुपैयाँ लिएको पीडितहरूले बताएका छन् । आफूहरूलाई महिनाको २५ देखि ३० हजार भारु कमाई हुने प्रलोभन देखाएर लिएर गएको र तालिम शुल्क भन्दै सबैबाट रकम ठगी गरेको पीडित सीता दराईले बताइन् ।
गार्मेन्ट फ्याक्ट्रीको लुगा अनलाइन बिक्री गर्नुपर्छ भनेर आफूहरूलाई लिएर गएको दराईले बताइन् । ‘तालिम भनेर आफूहरूलाई दिसापिसाब गर्न जान नदिने, मोबाइल खोस्ने काम भयो,’ उनले भनिन् ‘राम्रै कमाइ हुन्छ भनेर गइयो पछि बुझ्दै जाँदा आफूहरू ठगिएको थाहा भयो ।’ उनी गत साता मात्र भारत गएकी थिइन् । त्यस्तै अर्को पीडित ज्योति राजवंशीले आफ्नो पैसा ठगेको र काम गरेको पैसा पनि नदिएको गुनासो पोखिन् ।
‘फेसबुकमा आकर्षण विज्ञापन हेरेर गएको बताउँदै उनले भनिन्, ‘अरूजस्तै हामी श्रीमानश्रीमती पनि ठगीमा परेऔँ ।’
पक्राउ पर्नेहरू नेपालका एजेन्ट भएको र उनीहरूको मुख्य नाइके भारतीय नागरिक राहुल शाह भएको बताइएको छ । नेपालबाट जानेहरूलाई बन्धकजस्तै राखेर बिहान ११ देखि बेलुका ५ बजेसम्म तालिम दिने, पुरानोसँग नयाँहरूलाई बोल्न नदिने, मोबाइल खोस्नेजस्ता व्यवहार गरिएको पीडितहरूले भनाई छ । त्यस कम्पनीमा अन्य धेरै नेपालीहरू रहेका छन् । सिलिगुडीको तपन मार्केटमा ५ वटा होस्टेलमा नेपालीहरूलाई राखिएको बताइएको छ । भारतीय प्रहरीको सहयोगमा ठगिएका र फसेका अन्य नेपालीहरूलाई पनि उद्धार गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए । ‘घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी छ,’ उनले भने, ‘पक्राउ परेकाहरूलाई ठगी सम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाउँछौँ ।’

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ 0९:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट