July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १२:0४
दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
  • निर्दोष फस्ने र दोषी उम्किने हुँदैन
  • चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठ
  • सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने

 चितवन ।।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् ।

तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् ।

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनले बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

साथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् । अहिले संसद पनि खुलिसकेको बताउँदै उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए ।

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट