May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

मृत्युदण्ड दिने कानुनको पक्षमा नेपाल जान हुँदैन : ओली

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १५:४३
मृत्युदण्ड दिने कानुनको पक्षमा नेपाल जान हुँदैन : ओली

काठमाडौं 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकारको कोणबाट हेर्दा मृत्युदण्ड दिने कानुनको पक्षमा जान नहुने बताएका छन्। मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालीहरू मृत्युदण्डको पक्षमा जान नहुने धारणा राखेका हुन्।
‘कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । नेपाली नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जानु हुँदैन। मृत्युदण्ड/ फाँसी दिँदा मान्छे ३ मिनेटमा हुन्छ।’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मान्छेलाई दण्ड गर्नुपर्छ तर मानिसको जीवनहरण गर्नुहुँदैन। कहिलेकाहिँ देखेका कुरा पनि सत्य हुँदैन।’

ओलीले अपराध गर्नेलाई दण्ड दिएपछि मृत्युदण्डलाई सच्याउने कुनै ठाउँ नभएको स्थायीरुपमा नेपालीहरु मृत्युदण्डको पक्षमा जान नहुने आफ्नो ढृढ रहेको स्पष्ट पारे। कहिलेकाहिँ संविधानमा मृत्युदण्ड हुनुप¥यो भनेर आवेशमा कसैले माग राखेको भएपनि त्यसलाई व्यवस्था गर्न नहुने ओलीको भनाई छ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १५:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।