April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहको दादागिरी

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ ११:११
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहको दादागिरी

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहको सरुवा अटेर गर्दै आएक छन् ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहको भदौ १९ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशले सरुवा गरेका थिए ।
उनले हाल सम्म पहुँच र पावरको धाक देखाउदै रवाना पत्र बुझेको छैन् ।
कानुनतः सरुवा भएको व्यक्ति २१ दिन भित्र सम्बन्धित कार्यालयमा हाजिर हुन जानुपर्ने र कार्यरक्त रहेको कार्यालयमा बरबुझरत्त गनुपर्ने हुन्छ तर सिंहले शक्ति र कमिसनको आडमा नत कार्यालय छाडेका छन् । नत सरुवा भएकै कार्यालयमा गएका छन् । यसले के प्रष्ट गर्छन् भने जिल्लामा रहेको कार्यक्रमहरु आफु अनुकुल तथा माफियाहरुलाई दिने र त्यहाँबाट मोटो रकम कमिसन खाने देखिएको स्थानीयहरुको दाबी रहेको छ ।ज्ञान केन्द्र कृषकको लागि काम गर्नुपर्नेमा त्यसको विपरीत गतिविधि गर्ने कार्यालय प्रमुख आफुपनि नियम विपरीत मात्रै नभई कानुनको समेत धज्जनी उडाएको पाइएको छ ।
त्यस्तै निर्वाचन आयोगले सरुवा भएका कर्मचारी आफ्नो नयाँ कार्यालयमा असोज ९ गते सम्म हाजिर भइसक्न निर्देशन समेत दिएको थियो तर उनले निर्वाचन आयोगले दिएको निर्देशन समेत अवज्ञा गरेको प्रस्ट छ ।
आयोगले सरुवा भइसकेकाहरुका लागि तत्कालीन कार्यालयबाट रमाना भइ नयाँ कार्यालयमा हाजिर हुनका लागि असोज ९ गते सम्मको समय दिएको थियो त्यो समय बितेको झण्डै ६ महिना हुनलागेको छ तर उनले विभिन्न कार्यक्रम मार्फत बिचौलियासँग रकम माग्न लागेको समाचार स्रोतको दाबी छ । आयोगले यसअघि कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको थियो ।
उता सिंह कमिसन खान पल्केको कारण अहिले रातदिन कमिसनको बारेमा सोच्ने गरेको पाइएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंह माथी किसानहरुले आरोप कमिसन मागेको आरोप लगाएका छन् । सिंहलले कार्यालयबाट सरुवा भएको ठाउँमा नगएको मौका छोपी प्याज प्रवद्र्धन कार्यक्रम, तरकारी प्रवद्र्धन कार्यक्रम, मकै तथा गहुँको बिउँ वितरण कार्यक्रममा कमिसन लिएर कार्यक्रम दिएको कार्यालय स्रोतको दाबी रहेको छ ।
किसानहरुलाई सहज सेवा उपलब्ध गराउनुपर्ने ठाउँमा किसानहरुलाई दुःख दिई कमिसन लिने गरेकोे आरोप बाहिरिएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख समेत रहेका सिंहले लाखौँ रुपैयाँ कमिसन बापत नजराना असुली गरेको समाचार केही महिना अघि बाहिरीएपछि उनलाई अहिले सम्म तनाब भएको ज्ञान केन्द्रका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।उता यश समाचारको विषयमा कार्यालय प्रमुख निलकमल सिंहलाई बारम्बार फोन सम्पर्क गर्न खोज्दा उनको फोन लागेन ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट