April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

आज रानीपोखरी सुनसान

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:३८
आज रानीपोखरी सुनसान
  • काठमाडौँलगायतका स्थानमा समेत छठ पर्व मनाइँदै
  • छठ पर्व मनाउने समुदायले आक्रोश व्यक्त गर्दै
  • रानी पोखरीमा स्थानीयस्तरबाट प्रस्ताव आएन

काठमाडौँ ।।

सूर्यको पूजा आराधना गरेर तराई र काठमाडौँलगायतका स्थानमा समेत छठ पर्व मनाइँदै छ । जसअनुसार आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ ।  सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । छठका लागि नदी, खोला, पोखरी लगायतमा गएर पूजा गर्ने गरिन्छ । काठमाडौंको गौरीघाट, कमल पोखरीमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठका लागि राजधानीको रानीपोखरीमा समेत पूजाआरधनाको व्यवस्था मिलाउन अनुरोध गरिएको थियो । तर, काठमाडौँ महानगरपालिकाले अनुमति नदिएपछि त्यहाँ पूजाआराधनाको कार्यक्रम हुन सकेन । महानगरले अनुमति नदिएपछि छठ पर्व मनाउने समुदायले आक्रोश व्यक्त गर्दै आएका छन् ।

जनमत पाटीका अध्यक्ष डा. सिके राउतले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले रानी पोखरीमा मधेसीहरूले छठ मनाउन नपाएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । गत वर्ष समेत छठ पर्वका लागि रानीपोखरीमा अनुरोध गरिएको थियो । तर, महानगरले पुनर्निमाणको कार्य नसकिएको भन्दै छठ पर्व मनाउन दिएको थिएन । यो वर्ष पुनर्निर्माणको कार्य सकिए पनि महानगरले छठ पर्व मनाउने अनुमति नदिएको हो । छठ पर्व मनाउन अनुमति दिन काठमाडौँ महानगरपालिकासँग अनुरोध गरिएको थियो । तर, महानगरले अनुमति नदिएको मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।

‘रानी पोखरीमा स्थानीयस्तरबाट प्रस्ताव आएन । पहिला पनि त्यो ठाउँमा छठ पर्व मनाउने गरिएको होइन । रानीपोखरी भाइटीकाको लागि मात्र हो,’ उनले भने । अर्को कुरा रानीपोखरीमा छठ पर्व मनाउन दिन माग गर्दै महानगरमा अनुरोध गरिएपनि आयोजकको नाममा गरिएको अनुरोधमा व्यापारिक प्रयोजनको प्रस्ताव आएको उनको भनाइ छ । ‘जुन प्रस्ताव आएको थियो, त्यसमा पुरै लिस्टसहित आएको थियो । त्यसमा यो काम गरेको यति पैसा लिने, विज्ञापन गरेको यति पैसा लिने भनेर आएको थियो । त्यसमा व्यापारिक असह्य भएर नदिएको हो’ शाहले भने ।

सम्भव नै नभएको प्रस्ताव आएको र त्यसमा स्थानीय वडा कार्यालयमार्फत समेत प्रस्ताव नआएको उनको भनाई छ । ‘वडामार्फत समन्वय गर्न भनेर पठाइएको थियो । वडा मार्फत प्रस्ताव नै आएन । वडाले पनि विविध कारणले प्रस्ताव नगरेको होला । वडाकै नेतृत्वमा कमलपोखरीमा अगाडि बढेको छ । गौरीघाटमा पनि वडा नम्बर ८ को नेतृत्वमा नै भइरहेको छ । तर, त्यहाँ वडामार्फत नआएपछि महानगरले अनुमति नदिएको हो,’ उनले भने । सार्वजनिक सम्पत्ति भोगचलन गरेर विविध शीर्षकमा पैसा लिएर त्यसको आर्थिक लाभ लिने देखिएपछि महानगरले नदिएको उनको भनाई छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।