April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारी पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १३:४४
नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारी पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट नेपाली नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले नक्कली नोट समेत बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट बुधबार बेलुका खटिएको टोलीले बिर्तामोड–४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट बरामद गरेको थियो । त्यस क्रममा नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल बरामद भएको हो ।

प्रहरीले २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट