May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

माथिल्लो मैलुङको आईपीओ नौमध्ये एक आवेदकले पाउने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:४७
माथिल्लो मैलुङको आईपीओ नौमध्ये एक आवेदकले पाउने

काठमाडौं : माथिल्लो मैलुङ खोलाको आईपीओ हरेक ९.७ आवेदकमध्ये एक जनालाई पर्ने भएको छ। आईपीओमा साढे ९ लाख आवेदकले सेयर माग गरेका छन्।

अन्तिम दिन सोमबार साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाले १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ८० हजार ५ सय ९० कित्ता सेयर माग गरेका हुन्।

माग गरिएको सेयर संख्या बिक्री खुला भएको भन्दा १०.८ गुणा बढी हो। प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँड हुने भएकाले आईपीओ भर्ने ९.७ जनामध्ये १ जना (कुल १ लाख २८ हजार ४ सय २० जना)लाई पर्नेछ। यस्तै ११ लाख २० हजारको हात खाली हुनेछ। कम्पनीले गत बिहीबारदेखि सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ताका लागि आवेदन खुला गरेको हो।

यसअघि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ भने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आईपीओ ल्याएको हो।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल हो। रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई केयर एनपी इस्युअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।