October 18, 2024 | शुक्रबार, कार्तिक २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १६:४१
बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान २ मा बन्दै गरेको सामुदायिक भवनका लागि प्रदेश सरकारद्धारा बिनियोजन भएको बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित भएको छ ।

नेचासल्यान २ को केउरेनीमा निर्माणाधीन सामुदायिक भवनका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारबाट बिनियोजन भएको ३० लाख बजेट वडाध्यक्ष सीताराम काफ्लेको अग्रसरतामा अन्यत्र लान खोजेपछि स्थानीयबासी आक्रोशित बनेको हो ।

आफ्नो ठाउँका लागि आएको बजेट अन्यत्र जाने भएपछि आँफूहरू आक्रोशित हुनुपरेको स्थानीय शिक्षक राजु निरौलाले बताउनुभयो ।

उनका अनुसार केउरेनीमा बन्दै गरेको सामुदायिक भवनका लागि छुट्टिएको रकम निर्माणाधीन भवनलाई अलपत्र पारेर वडाध्यक्ष काफ्लेले भवन बनाउन अर्कै ठाउँमा सिफारिस गरेका कारण समस्या भएको हो ।

प्रदेश सरकारबाट बिनियोजित रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीको घर नजिकै सार्वजनिक जग्गा नै नभएको ठाउँमा अर्को सामुदायिक भवन बनाउन २ नम्बर वडा कार्यालयले सम्झौताको लागि शहरी विकास तथा भवन कार्यालय ओखलढुंगालाई सिफारिस गरेपछि रुष्ट बनेको स्थानीयबासी निरौला बताउँउनुहुन्छ ।

वडाध्यक्षको उक्त कदमको हाल केउरेनीमा बसोबास गर्ने मात्र नभइ काठमाण्डौँसहित पूर्वी तराईमा बसोवास गर्दै आएका पुराना केउरेनीबासीहरू समेत आक्रोशित भएको रमेश निरौलाले बताउनुभयो ।

योजना सारिएको विषयमा गाउँपालिका अध्यक्ष राई भने आँँफूले गल्ती गरेको नभइ वडाध्यक्षको गल्तीका कारण योजना अन्यत्र सरेको बताउनुभयो ।

राईले भने, ‘स्थानीय स्तरमा वडाले गर्ने सिफारिसका कारण मेरो त्यो योजनामा केही हात छैन ।’

यता वडाध्यक्ष काफ्लेले भने योजना स्थानान्तरण हुनुमा आफ्नो हात नरहेको बताउनुभयो । काफ्लेले भने, ‘यस वडामा ठुल्ठुला नेताहरू हुनुहुन्छ । म त अह्राएको काम गर्नेजस्तै भएको छु ।’ नेचा सल्यान २ भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीको वडा हो ।

योजना स्थानान्तरणका कारण नेचासल्यान २ नम्बरका वडाबासी दुई समूहमा विभाजित भएको छ ।

योजना स्थानान्तरणको विषयमा भने शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका निमित्त प्रमुख अनुज श्रेष्ठले योजनाको आफ्नै जग्गा नभएका ठाउँमा भवन निर्माणका लागि योजना ल्याएकाले सम्झौता हुन नसकेको बताउनसुभयो ।

योजना संचालनका लागि वडा र गाउँपालिकाको सिफारिसमा संचालन गर्ने भएपनि योजनाको भवन व्यक्तिको जग्गामा बन्ने नभइ योजनाकै जग्गा आवश्यक पर्ने भएकोले सम्झौता हुन नसकेको उनले बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्