May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:0३
बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध

बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको छ । बेलायतले चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयर गरिने एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको हो ।

प्रधानमन्त्री ऋषि सुनकले यसअघि अमेरिकाको भ्रमणका क्रममा सरकारले ‘सरकारी उपकरणको सुरक्षा’लाई गम्भीरतापूर्वक लिएको बताउनुभएको थियो । सन्डे टाइम्सले गएको हप्ता नै साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिसको सुझाव दिएको उल्लेख गरेको थियो ।

टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ । आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको खबरमा उल्लेख छ ।

अमेरिकाले टिकटककाे शेयर चीनले बेचेन भने प्रतिबन्ध लगाउने चेतावनी दिएको बीबीसीले जनाएको छ । तर चिनियाँ विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई अनुचित रूपमा दबाउने काम बन्द गर्न आग्रह गरेको छ।

वी आर सोसल मार्केटिङ्ग एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ टिकटक विश्वमा छैटौँ सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट