April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

ऐतिहासिक क्रिकेट टिमलाई बागमती प्रदेशले जनही १ लाख दिने

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १३:२५
ऐतिहासिक क्रिकेट टिमलाई बागमती प्रदेशले जनही १ लाख दिने

हेटौंडा । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट उक्त घोषणा गरेको हो ।

‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं’, उनले भने। बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन्।

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।