April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

फरवार्डले गर्यो रामकुमारीको १२ लाख ऋण मिनाहा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १७:४१
फरवार्डले गर्यो रामकुमारीको १२ लाख ऋण मिनाहा

रामधुनी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ऋणीको १२ लाख कर्जा मिनाहा गरी उल्टै रकम थप गरेर दिएको छ ।
फरवार्डले सुनसरी, रामुधनी नगरपालिका ७ की रामकुमारी धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा गरी उल्टै २० प्रतिशत रकम थपेर दिएको हो ।

जग्गा खरिद गर्न भनी ०७८ कार्तिक २८ गते फरवार्डबाट १२ लाख रुपैंया धितो कर्जा लिएकी धामीको गत पुस २५ गते असामयिक निधन भएको थियो । त्यसबेलासम्म रामकुमारीले १० किस्ता वापतको रकम फरवार्डलाई बुझाएता पनि अरु किस्ता बाँकी थियो ।

नियमित किस्ता बुझाउने, रामकुमारीको निधन हुँदा उनका श्रीमानलाई अब परिवारलाई कसरी पाल्ने चिन्तासँगै ऋण पनि कसरी तिर्ने त्रास थियो । तर, फरवार्डबाट कर्जा लिँदै रामकुमारीको कर्जा बीमा गरिएकोले उनलाई ठूलै राहत मिल्यो ।

मंगलबार फरवार्डका कर्मचारी स्थानीय जनप्रतिनिधि सहित घरमै आएर बाँकी कर्जा मिनाहा गर्दै उल्टै बीमा रकम बुझाउँदा श्रीमान फागुलालले सन्तोषको सास फेरे । फरवार्डले मृतक धामीको घरमै पुगेर श्रीमान फागुलाललाई १२ लाख कर्जाको रु। ११ लाख १ हजार ५६१ रुपैंया मिनाहा गरी त्यसमा २० प्रतिशत बीमा रकम रु। २ लाख १३ हजार २९६ रुपैंया तथा संस्थाबाट थप क्रिया खर्चवापत रु। ६ हजार समेत गरी रु।१३ लाख ७६ हजार ५१ रुपैंया हस्तान्तरण गरेको अनुगमन विभागका प्रमुख आशिशचन्द चौधरीले जानकारी दिए । ‘हामीले कर्जा दिने बेलैमा कर्जा सुरक्षण बीमा गरेका हुन्छौं, कर्जा नतिरी ऋणीको मृत्यु भएमा ऋणीले लिएको सम्पूर्ण कर्जा मिनाहा गरी क्रिया खर्चका रुपमा त्यसमा २० प्रतिशत रकम थप गरी भुक्तानी गर्छौं ।’ अनुगमन विभागका प्रमुख चौधरीले भने ।

उक्त रकम रामधुनी नगरपालिका वडा नं। ७ का वडाध्यक्ष केशब गौतम, फरवार्ड कोशी प्रदेशकी प्रमुख शोभादेवी बरालले हस्तान्तरण गरे । दयनीय आर्थिक अवस्थाकी रामकुमारीको अकस्मात निधन हुँदा पुरै परिवार अब कसरी ऋण तिर्ने चिन्तामा डुबेको थियो । यस्तोमा फरवार्डले कर्जा मिनाहा गर्नुका साथै २० प्रतिशत रकम थप गरेर भुक्तानी गरेकोमा धामीको परिवारलाई ठूलै राहत भएको छ ।

फरवार्ड माइक्रोफाइनान्सले आफ्ना ग्राहक सदस्यहरुको कर्जा सुरक्षणका लागि बीमा गर्ने गर्दछ । कुनैपनि ग्राहकको कर्जा भुक्तान गरिनसक्दै मृत्यु भएमा उक्त ग्राहकको परिवारलाई लिएको कर्जा रकम मिनाहा गरी त्यसमा थप बिमा रकम, क्रिया खर्च सहित भुक्तान गर्ने गरिन्छ ।

महिलाहरुलाई आर्थिक सशक्तिकरण अभियानमा जोड्दै उनीहरुको आर्थिक, समााजिक स्थिती सुधार्न लघुवित्त संस्थाहरुले खेलेको भूमिका अनुकरणीय बनिरहेको छ । लघुवित्त वित्तीय संस्थाहरुले गाउँगाउँ गएर विना धितो सामुहिक जमानीमा कर्जा प्रवाह गर्दै आर्थिक सवलीकरणका अभियानहरु सञ्चालन गर्ने गर्दछन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १७:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।