April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

फोहोेरमय बन्दै इनरुवा ,जनप्रतिनिधि सभा सम्मेलनमा व्यस्त (फोटो फिर्चर)

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १२:३४
फोहोेरमय बन्दै इनरुवा ,जनप्रतिनिधि सभा सम्मेलनमा व्यस्त (फोटो फिर्चर)

इनरुवा । सुनसरीको इनरुवा फोहोरमय बन्दै गइरहेको छ ।
एक हप्ता भन्दा बढीदेखी इनरुवा नगरपालिकाको नगर क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन नहुँदा इनरुवा फोहोरमय बन्दै गइरहेको हो ।
इनरुवा नगगर क्षेत्रबाट दैनिक रुपमा निस्कीने फोहोर नगरक्षेत्रमा एक हप्ता भन्दा बढी दिनदेखी थुप्रिएतापनी जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापनमा चासो नदेखाइ सभा सम्मेलनमा व्यस्त रहेको स्थानीय बताउँछन् ।
सामाजिक संजालमा पटक पटक नगर क्षेत्रमा थुप्रिएको फोहरको फोटो यत्रतत्र छरिएको पाइन्छ तर जनप्रतिनिधिहरुको ध्यढान त्यस तर्फ गएको छैन ।

हप्तौं दिनदेखी फोहोर व्यवस्थापन नहुँदा नगर क्षेत दुर्गन्धीत भएसंगै स्थानीयलाई फोहोरके कारणले रोगी हुने चिन्ता सताउँन थालेको छ । वडा कार्यालय र नगरपवालिकासंग फोहोर संकलन गर्ने श्रोत साधन भएतापनी वडा नर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुनै चाँसो नददेखाएको स्थानीयको आरोप छ ।

त्यस्तै इनरुवा नगरपालिका वडा नं–२ मगरटोल सडक खण्डमा पोलमा झुण्डाइएको इनरुवा नगरपालिकाका पूव मेयर राजन मेहताको फोटो हटाएर इनरुवा नगरपालिकाको परिसरमा कवाडी राखेको ठाउँमा राखेको कुरा अहिले चर्चामा छ । इनरुवाका स्थानीयहरुले सामाजीक संजाल फेसबुकमा फोहोर व्यवस्थापन गन छोडेर पुर्व मेयरको फोटो हटाउँदै जनप्रतिनिधिहरुले गैरजिम्मेवारी काम गरिरहेको स्टाटसहरु लेकोको समेत पाइएको छ ।

नगर क्षेत्रमा थुप्रिएको फोहोरले दिनदिनै फोहोर दुर्गन्धीत भैरकेको र फोहोरकै कारणले भयावह रोगहरु निम्त्याउने भएकोले चाँडोभन्दा भाँडो फोहोर व्यावस्थापनमा सम्बन्धीत निकायले ध्यानन दिन गरुरी देखिन्छ ।

(फोटो फिर्चर)

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।