May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सरकारमा जाने कांग्रेसको निर्णय, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:३६
सरकारमा जाने कांग्रेसको निर्णय, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । नेपाली कांग्रेस सरकारमा जाने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा समेत जाने निर्णय गरेको हो । पार्टीबाट मन्त्री छान्नका लागि एउटा मापदण्ड तय गर्ने समेत निर्णय बैठकले गरेको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरु डा। शशांक कोईराला, रमेश लेखक, जीवन परियार, डा। नारायण खड्का लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार ९भोलि० विश्वासको मत लिँदै छन् । सत्ता सञ्चालनका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीहरुबीच लेनदेन तथा आलोपालो प्रधानमन्त्री बन्ने लगायत विषयमा समझदारी गरिएको थियो । सो अनुसार अहिले सत्तारुढ पक्षमा १० दलीय गठबन्धन कायम छ ।

सरकारमा जाने निर्णय नगर्दासम्म कांग्रेस संसदको प्रतिपक्षी बेन्चमा थियो । अब सत्ता पक्ष भएपछि संसदको दोस्रो ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षी भएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।