May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १२:५५
धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन

सुदूरपश्चिम । धनगढीमा यही चैत दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनुभयो । समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री-कृष्णा वाङ्मय पुरस्कारद्वारा सम्मान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मूर्धन्य साहित्यकार राजेन्द्र विमल, गजल गायक तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुनुहुनेछ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमिति गठन भएका छन् । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

सम्मेलनमा हरेक दिन सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय र क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी छ । सम्मेलन आयोजनाका लागि करिब रु ८० लाख खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा विसं २०७६ मा विश्व नेपाली साहित्य सम्मेलन र विसं २०७८ मा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।