July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक जारी

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:३१
सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं 

सत्ता गठबन्धनको बैठक जारी रहेको छ। बालुवाटारमा बसेको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता नपाउँदा काम कारबाही प्रभावित भइरहेका छन्।

आजको बैठकले कार्यदलले बनाएको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले गर्ने दोस्रो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। एमाले नेतृत्वको गठबन्धन हुँदा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको सरकारले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन गरेपछि पुन ः आज बेलुका ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने बालुवाटार स्रोतले जनाएको छ।

त्यस्तै सरकारको पुँजीगत खर्च बढाउन ठेक्कापट्टाको निर्णय प्रक्रिया पारदर्शी, जवाफदेही र छिटो छरितो बनाउने, घर जग्गा अधिग्रहणमा देखा परेका मुआब्जा विवादहरू समाधान गर्ने, सांस्कृतिक सम्पदा क्षेत्र अतिक्रमण नहुने गरी आयोजनाहरू बनाउने, प्रदेश तथा स्थानीय तहमा सशर्त अनुदान घटाई समानीकरण अनुदान बढाउने लगायतका कार्यहरू गर्ने सरकारले प्राथिमिकतामा राखेको छ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्