sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फ्रान्समा बच्चाका तस्वीर सामाजिक सञ्जालमा राखे अभिभावकलाई कारबाही

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १४:४३
फ्रान्समा बच्चाका तस्वीर सामाजिक सञ्जालमा राखे अभिभावकलाई कारबाही

प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ । तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ ।

बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले अब फ्रेन्च अभिभावकहरुलाई आफ्ना बच्चाका तस्वीरहरु सोसल मिडियामा पोस्ट गर्न रोक लगाउनेछ ।

आमा बुवाहरुलाई ससक्त बनाउन र आफ्ना तस्वीरमाथि केवल आफ्नो मात्रै नियन्त्रण रहेको अनुभूति बालबालिकाहरुमा गराउनका लागि उक्त कानून निर्माण गरिएको बताइएको छ ।

उक्त विधयेकलाई  फ्रान्सको संसद नेसनल एसेम्बलीले पारित गरेको छ । यसले अभिभावकलाई सोसल मिडियामा आफ्ना बच्चाका तस्वीर शेयर गर्नमा प्रतिबन्ध लगाउने अधिकार अदालतलाई प्रदान गरेको छ ।

कानून अनुसार आमा बुवामध्ये जो कोहीले पनि आफ्ना बच्चाको तस्वीर सोसल मिडियामा सेयर गरेमा दुवै जनालाई नै जिम्मेवार ठडहराइनेछ ।

बच्चासँग सहमति लिनुपर्ने

उक्त कानून अनुसार अब अभिभावकहरुले आफ्ना बच्चाको बारेमा सोसल मिडियामा कुनै कुरा पोस्ट गर्नु परेमा पनि त्यसअघि सम्बन्धित बच्चाको सहमति लिनुपर्नेछ । बच्चाको सहमतिविना अभिभावकले सोसल मिडियामा कुनै पनि स्टाटस पोस्ट गर्न सक्ने छैनन् ।

फ्रेन्च अभिभावकहरुमा बच्चाका तस्वीर खास गरी इन्स्टाग्राममा सेयर गर्ने प्रचलन निकै बढेको र त्यसले बालबालिकाको गोपनीयता हनन् भैरहेको चर्चा भैरहेको बेला यो नयाँ कानून बनेको हो ।

विधयेक पेस गर्ने सांसद ब्रुनो स्टुन्डरका अनुसार सोसल मिडियामा सेयर गरिने बच्चाका तस्वीरहरुलाई चाइल्ड पोनोग्राफीका लागि दुरुपयोग गर्ने खतरा हुन्छ ।

साथै त्यो विद्यालयको माहौलमा गलत कार्यको कारण पनि बन्न सक्दछ । चाइल्ड पोनोग्राफी फोरममा प्रयोग भएका ५० प्रतिशत तस्वीरहरू अभिभावकहरुले नै सोसल मिडियामा अपलोड गरेका तस्वीरहरु हुने गरेको बताइन्छ । एजेन्सी

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid