April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १0:२३
घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रवक्ता दाहालका अनुसार वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

सो सम्बन्धमा आयोगमा जानकारी र उजुरी परेपछि निगरानी गरेको अख्तियारको टोलीले जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीसँग घुस लिइसकेपछि रंगेहात पक्राउ गरेको हो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट