May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १0:५५
अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा

काठमाडौं । अफगानिस्तानले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई टोलीमा समावेश गरेको छ ।

इशाकले यसै वर्ष टी–२० मा डेब्यु गरेका थिए र टी–२० विश्वकपको टिममा पनि स्थान बनाउन सफल भएका थिए । इशाक बाहेक करिम जनात र नूर अहमदलाई पनि टोलीमा स्थान दिइएको छ ।

अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नाङ्ग्याल खरोतीलाई पनि आफ्नो विश्वकप टोलीमा समावेश गरेको छ । उनले पनि इशाकजस्तै यसै वर्ष डेब्यु गरेका थिए । खरोतीले राशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र नूर अहमदसँगै टोलीको स्पिन विभागलाई बलियो बनाउनेछन् । नवीन उल हक, फरीद अहमद र फजलहक फारुकीले फास्ट बलिङ आक्रमणको जिम्मा लिनेछन् । १५ सदस्यीय खेलाडीबाहेक सादिक अटल, हजरतुल्लाह जाजई र सलिम सैफी रिजर्भ खेलाडीमा परेका छन् ।

अफगानिस्तानले जुन ३ मा युगान्डासँगको खेलबाट टी–२० विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ । दुई टोलीबिचको यो खेल गुयानामा हुनेछ । त्यसपछि टोलीले जुन ७ मा न्युजिल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले १३ जुनमा पपुवा न्युगिनी र १७ जुनमा वेस्ट इन्डिजसँग खेल्नेछ ।

रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करीम जनात, राशिद खान (कप्तान), नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकीऽ फरीद अहमद मलिक।

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्