September 2, 2025 | मङ्लबार, भदौ १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धरानका मेयर साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:२८
धरानका मेयर साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै गएको छ ।

यसैबीच धरानमा रहेका सातवटा विभिन्न राजनीतिक दलले प्रेस विज्ञप्ती जारी गर्दै मेयरले दम्भ देखाएको आरोप लगाएका छन् ।

मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले अमर्यादित र अश्लील गाली, गलौज गर्नु अशोभनीय भएको बताएका हुन् ।

मेयर साम्पाङका निजी सचिवालयका कर्मचारीमार्फत वडाध्यक्षलाई पत्र लेखेर निर्देशन दिइएको र त्यो स्वीकार नभएको भन्दै पछिल्लो पटक धरानका वडाध्यक्षसहित कार्यपालिका सदस्यहरू मेयर साम्पाङप्रति असन्तुष्ट छन् ।

सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भूल सुधार गर्न र गल्ती ‘रियलाइज’ गर्न तथा सेवाग्राही सन्तोष लिम्बूमाथि भएको घटनामा उनले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता लिई आँफूबाट भएको भूल स्वीकार गर्दै सम्पूर्ण जनप्रतिनिधिबीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

‘त्यतिमात्र होइन केही युट्युव च्यानल तथा सञ्चार माध्यम प्रयोग गरी कार्यपालिका सदस्यहरूको विचारलाई काँटछाँट गरी अतिरन्जित गराउने तथा प्रोपोगाण्डा गर्ने गरेको कुुरामा हाम्रो असहमति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनप्रतिनिधिबीच आपसी असमझदारी, बेमेल द्वन्द्व, स्वेच्छाचारी प्रवृत्ति, भ्रष्टचारका कारण धरानको विकास र समृद्विमा आँच आएमा दलहरू चुप लागेर नबस्ने समेत प्रष्ट पार्न चाहान्छौं ।’

नगर प्रमुख राईको ‘हर्क साम्पाङ ए रिभोलुसन’ नामक फेसबुक पेजमा विगतदेखि नै निरन्तर वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरूमाथि झुटो, कपोकल्पित र भ्रामक विषयहरू पोष्ट गर्ने र आफ्ना फेक आइडी र फलोअर्सहरूबाट अशिष्ट, अमर्यादित र अश्लील गाली गलौज गर्ने गराउने गरेको तथ्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट