sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:२५
सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“तपाईहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो,” उनले भने ।

मन्त्री मोदीले आफूले सबैलाई न्यायको आँखाले हेर्ने समेत बताए । उनले भने, “मेरा लागि सबै बराबर हो, कसैप्रति मेरो आग्रह र पूर्वाग्रह रहँदैन, सबैलाई म न्यायको आँखाले हेर्छु ।”

मन्त्री मोदीले कर्मचारीहरु जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेकाले पहिलो जनताको कामलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिए ।

मन्त्री मोदीले पूर्वाग्रह भावना राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने समेत बताए । उनले भने, “निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेहरुमा छटपटि भएको छ” उनले भने, “वृद्धि विकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।”

निजामती प्रशासनभित्रको बेथितिलाई सुधार गर्ने घर नै सामान्य प्रशासन मन्त्रालय भएको भन्दै मन्त्री मोदीले भने, “केही सुधार त गर्नैपर्छ, सही सुझाव र सल्लाहका लागि मेरो ढोका सदैव खुला छ ।”

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid