May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसनमा लाखौको कार्यक्रम दिएको आरोप, अधिकृत माथि छानविनको माग

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:३१
देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसनमा लाखौको कार्यक्रम दिएको आरोप, अधिकृत माथि छानविनको माग

सुनसरी ।सुनसरीको सीमावर्ती देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत रामराज पौडेलले कार्यालयमा आएदेखि नै कमिसनमा व्यस्त बनेको स्थानीयहरुले बताएका छन् ।

पोडेलले निर्माणको कामदेखी उपभोक्ता समितिसम्म र कोटेसनदेखी तोक आदेशका लक्ष्ति कार्यक्रमसम्ममा लाखौको कमिसनमा कार्यक्रमहरु दिएको आरोप स्थानीयहरुले लगाएका छन् । अधिकृत पोडेलमाथि सुरक्ष छानविनको माग गर्दै स्थानीयहरुले संचारमाध्यमलाई उठान गरि दिन आग्रह गरेका छन् । पौडेल आएदेखि दर्जन बढी कार्यक्रम स्थानीयबासीलाई मात्रै नभई वडा अध्यक्ष, उपाध्यक्ष र अध्यक्षसमेतलाई गुम्राहामा पारी आर्थिक अपारर्दिश काम गरेको गुनासो बाहिर आएको छ ।

देवनागञ्जका जनता समावादी पार्टीका अध्यक्ष र नेपाली काग्रेंसका उपाध्यक्ष तथा वडामा मिश्रित वडा अध्यक्षहरु रहेको मौकामा एकले अर्कासंग कुरा लगाएर प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसनमा लिप्त भएर लाखौको कार्यक्रम देवानगञ्ज बाहिरका संस्थाहरु र सुनसरी बाहिरका संस्था तथा कम्पनीहरु दिएको आरोप समेत बाहिर आएको छ । स्थानीयबासीहरुले कर बढाएर कर्मचारी र प्रमुख प्रशासयिक अधिकृत समेतले आर्थिक अनियमितता र काजग मिलाएर लाखौको अनियतिता गरेकाले सुक्षम रुपमा अखितयार दुरुपयोग अनुसंधान आयोग, राष्टिय स्वत्रकर्ता केन्द्रले छानविन गर्नुपर्ने माग गरेका छन् ।

देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले कमिसन खाएको, आर्थिक अयितिमतता गरेको र कमिसत तथा अपारदर्सिशता रुपमामा लाखौको कार्यक्रम दिएको आरोप र अधिकृत माथि छानविनको मागको विषयमा न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष कुमारी विभा यादवले आफूलाई पनि गुम्राहामा पार्ने गरेको स्विकार गर्नुभएको छ । जनताको पैसामा तलब भत्ता खाने र त्यसमाथि जनतालाई थाहा नै नदिई अपारदर्शि रुपमा काम गरेको आफूले पनि महसुस गरेको प्रतिकृया दिनुभयो ।

यादवले आफूलाई समेत थाहा नदिइकन कार्यक्रमहरु गरेको बताउनुभयो । भ्रष्टाचारमा लिप्त पौडेलले कानुनी दबाव र आफ्नो राजनीतिक पहुचको धाक देखाई अनियमितता गर्दै आएकाले प्रमुख प्रशासयिक अधिकृत पौडेलमाथि सरकारी निकायले छानविन गर्नुपर्ने माग उठेको छ । यता देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत पौडेलले भने कमिसनमा कार्यक्रम नदिएको र कोटेसनमा कार्यक्रम दिएको र पाँच लाख माथिको ठेक्का प्रकृयाद्धारा दिएको प्रतिकृया दिनुभयो ।

स्थानीयहरुको आरोपमा सत्यतामा नभएको दावी गरेपनि स्थानीयहरुले भने कार्यक्रममा सहभागी भएकाहरुलाई दिएको खाजा, पानी, यातायात खर्च र वितरण गरेको स्टेस्नरी विल भरपाईको सुरक्ष अनुशंधान गरि अधिकृत माथि कार्वाही गर्नुपर्ने माग गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।