April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

औंला पड्काउने बानी छ सावधान यस्तो बानीले निम्त्याउन सक्छ यस्तो खतरा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:४३
औंला पड्काउने बानी छ सावधान यस्तो बानीले निम्त्याउन सक्छ यस्तो खतरा

अल्छी लाग्दा औंला, घाँटी पड्काउने धेरैको बानी हुन्छ । कम्प्युटरमा काम गर्दा वा केही सोच्दा बारम्बार आफ्नो औंला पड्काउने धेरैले गरिरहेका हुन्छन् । यसले आलस्य र थकानबाट छुटकारा दिने उनीहरुको तर्क हुन्छ ।

तर प्रश्न उठ्छ त्यसो गर्नु सही हो कि गलत ? के यसो गर्दा औंला र घाँटीलाई साँच्चै आराम मिल्छ कि हानि हुन्छ ?हड्डीको जोर्नीमा जुन तरल पदार्थ हुन्छ, त्यसमा रहेको फोका फुट्नाले यस्तो आवाज निस्कने गर्छ । औंला वा घाँटी पड्काउने बानी राम्रो होइन, यसले जोर्नीमा असर पुर्‍याउन सक्छ ।

बारम्बार औंला पड्काउँदा जोर्नीका कोषिकाहरु बिग्रन थाल्छन् । जसकारण हातको जोर्नीको पकड कमजोर हुन्छ । बारम्बार औंला पड्काउँदा केही समयपछि जोर्नी सुन्निने र दुख्ने हुन सक्छ ।

लामो समय पड्काउँदा हड्डी कमजोर हुन सक्छ ।औंला पड्काउँदा तत्काल दुखाइ हुँदैन, तर बिस्तारै औंलाको जोर्नीमा दुखाइ हुन थाल्छ । किनभने बारम्बार औंलाहरू पड्काउँदा तिनीहरू बीचको तरल पदार्थ कम हुन थाल्छ । तरल पदार्थ धेरै कम भयो भने बाथको समस्या हुन सक्छ । यदि बाथरोगबाट पीडित व्यक्तिको औंला पड्काउने बानी छ भने उसको लागि अझ हानिकारक हुन सक्छ ।

कतिपयको औंलासँगै घाँटी र ढाड पनि पड्काउने बानी हुन्छ । घाँटी र ढाड पड्काउँदा जोर्नीमा खुकुलोपनको समस्या हुन सक्छ, यसले जोर्नीलाई कमजोर बनाउँछ ।

ध्यान दिनुपर्ने कुरा

औंला पड्काउने बानी छ भने त्यो बानीलाई छोड्नुपर्छ । औंला वा गर्दनमा दुखाइ छ वा कडा भने त्यसलाई पड्काउनु भन्दा दुखाइको कारण पत्ता लगाउन चिकित्सकको सल्लाह लिनुपर्छ । फिजियोथेरापी गर्नुपर्छ ।

धेरै जोडले औंला पड्काउँदा कहिलेकाहीं औंला भाँच्चिने जोखिम पनि हुन्छ । यस्तो भएमा हाडजोर्नी विशेषज्ञको सल्लाह लिनुपर्छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।