May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अन्तिम कथा

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:५७
अन्तिम कथा

अहो, कस्तो होला त्यो दिन
मेरो खास दिन, मेरो प्यारो दिन
मेरो आफ्नो अन्तिम दिन
अकस्मात् आत्तिएका कहालिएका रोदनहरू
जस्केला छेडेर बाहिर सुनिन्छ सुनिँदैन होला
झट्टै आँगनभरि दाजुभाइ र साथीसङ्गी
झुम्मिन्छन् झुम्मिँदैनन् होला
मेरो घर भित्रबाट विरक्त लाग्दो
एक्ले शंख बज्छ बज्दैन होला
सेतो कपडा बेरी परालमा कोही
बस्छ बस्दैन होला
उम्लिँदै गरेको तेलमा एकपाटे सेल
पाक्छ पाक्दैन होला
फूलमाला र अबिरले मलाई
सिँगार्छन् सिँगार्दैनन् होला
मलाई त इन्द्रकमल मन पर्छ
कसैलाई थाहा होला नहोला
मलाई त घण्टी फूल नि मन पर्छ
याद रहला नरहला
कस्तो बन्दो हो मेरो चौतारा
कस्तो लेखिँदो हो मेरो ढुङ्गे किताब
बढ्ला नबढ्ला मेरो नामको वरपिपल
तिनीहरूको बिहे होला नहोला

अहो, म त्यहीँ हुन्छु तर हुन्न
त्यो त्यस्तो भेला
अहो, म आफै छैन उपस्थित
मेरै मृत्युमेला
यो सद्गति मेरो भाग्यमा
रहला या नरहला
कठिन छ बताउन नआई
त्यो पक्का बेला

अफसोच, हुन त यस्तो पनि सक्ला कि
कसैले भेट्टाउनै नसक्ने एकलासमा
या कसैले छुनै नमान्ने पराई देशमा
दुर्गति प्राप्त हुन सक्ला
र, हुन सक्ला त्रासदीपूर्ण प्रस्थान
या हुन सकुँला
जल या अग्निमा समाधिस्थ
त्यसैले त भन्न मन लाग्छ कैले त
हे दैव, प्रकट हो र बता
कस्तो लेखिएको छ
मेरो अन्तिम कथा ।
मेरो अन्तिम कथा ।।

सुरेश राई।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट