May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0९
नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता

एजेन्सी।बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्ना भाइ र पूर्व श्रीमतीविरुद्ध अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन् । अदालतमा दायर याचिकामा नवाजले आफूमाथि लगाइएको सबै आरोप फिर्ता लिनुपर्ने र उनीसँग लिखित माफीसमेत माग्नु पर्ने दाबी गरेका छन् । यतिमात्रै होइन नवाजले भाइ शम्सुद्दीन र आलियाबाट सय करोड भारु क्षतिपूर्तिको पनि मा गरेका छन् ।

नवाजुद्दिनको मानहानि केसमा ३० मार्चमा सुनुवाइ हुँदै छ । नवाजुद्दिनले याचिकामा उनका भाइ र श्रीमती आलियाको बयान सोसल मिडियामा राख्न रोक लगाउन माग गरेका छन् ।

नवाजको याचिकामा लगाइएका पाँच आरोप

१. नवाजले बताए अनुसार सन् २००८ मा जब उनका भाइ शम्सुद्दीनले आफू बेरोजगार भएको बताए तब उनले उनलाई आफ्नो म्यानेजर बनाए । उनले शम्सुद्दीनलाई इनकम ट्याक्स रिटर्न, अडिटिङ, जिएसटी फाइलिङजस्ता बसै काम हेर्न भने र आफू फिल्ममा केन्द्रित हुन थाल्यो ।

आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, एटिएम, साइन गरिएका चेक बुक, बैङ्क पासवर्ड, इमेल ठेगाना सबै कुरा आफ्ना भाइलाई सुम्पिएका थिए । यसैबीच उनका भाइले बेइमानी गर्न सुरु गरे र पैसाको हेरा फेरी गर्न थाले ।

२. फिल्ममा व्यक्त भएका कारण नवाजसँग आफ्नो कारोबारका लागि बैङ्कसँग सम्पर्क गर्ने समय थिएन । शम्सुद्दीनले नवाजको नाममा सम्पत्ति जोड्न लागेको बताएका थिए तर वास्तवमा उनले त्यो सम्पत्ति आफ्नै नाममा किनेका थिए । यो सम्पत्तिमा यारी रोडको एउटा फ्ल्याट, एउटा अर्ध व्यावसायिक सम्पत्ति। बुढानाको शाहपुरमा एक फार्म हाउस र दुबईको एउटा सम्पत्ति समावेश छ ।

३. जब नवाजले आफ्ना भाइसँग यसबारे सवाल जवाफ सुरु गरे तब उनले पूर्व प्रेमिका आलियालाई भड्काउन सुरु गरे ।

४. आलिया अर्थात् अञ्जना उनीसँग विवाह गर्नुअघि नै विवाहित थिए तर उनले आफूलाई अविवाहित बताएर उनलाई धोकामा राखिन् ।

५. वास्तविकताबारे थाहा भएपछि नवाज अचम्ममा परेका थिए । नवाजले आफ्ना भाइ र पूर्व श्रीमती दुबैमाथि २१ करोड भारु आर्थिक विचलनको आरोप लगाएका छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट