May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

अग्नी पीडितलाई राहत प्रदान

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ ११:0९
अग्नी पीडितलाई राहत प्रदान

सुनसरी । नेपाल रेडक्रस सोसाइटीले भोक्राहा नरसिंह वडा नम्बर ८ सोनयाहीका अग्नी पीडितलाई राहत प्रदान गरेको छ।
आइतबार भएको आगलागीबाट विस्थापित भएका ५ परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले पीडितहरूलाई बन्दोवस्तीका सामान प्रदान गरेको थियो ।
आगलागीमा परेर भोक्राहा नरसिंह वडा नम्बर ८ (सोनियाही) का खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान अलीको घर सहित उनीहरूको घरमा भएको खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहना र एक थान मोटरसाइल सहित झन्डै ३५ लाख बराबरको क्षति भएको थियोे ।अग्नि पीडितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी भोक्राहा नरसिंह उपशाखा सभापति
युवराज दाहालले जानकारी दिए ।
पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल र सचिव रामकुमार मेहता, पवन मेहता लगायतका टीम सहित पालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव , नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य सुनिल साह, जसपा नेपालकि केन्द्रीय सदस्यीय हंशा साह, जसपा नेपाल भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महिन्द्र यादव सहितका टीमले अग्नि पीडितको घरमै पुगेर रेडक्रसको तर्फबाट राहत वितरण गरेका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।