April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १४:१८
प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

विराटनगर । कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचानवादी संगठनहरुले आज प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरिरहेका छन् ।
विराटनगरको बसपार्कबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतिर जाने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानिरहेका छन् भने प्रहरीले पनि उनीहरुमाथि लाठी प्रहार गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । यसैगरी दमकल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास पनि प्रहरीले गरिरहेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेश १ को नाम कोसी राखेको थियो । एमाले, कांग्रेस, माओवादी र राप्रपाले कोसी प्रस्ताव गरेपछि उक्त नाम प्रदेशसभाबाट भारी बहुमतले पारित भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा कोसीको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो ।

प्रदेशसभाले कोसी नामकरण गरेपछि यसको विरोधमा पहिचानवादी संगठनहरुले प्रदर्शन गर्दै आएका छन् । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने उनीहरुको मुख्य माग छ ।

गत चैत ५ गते भएको विरोध प्रदर्शनका क्रममा सहभागी भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर ४२ वर्षीय पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो ।

आन्दोलनरत पक्षले सुरक्षाकर्मीको लाठी प्रहारबाट लिम्बूको मृत्यु भएको दाबी गरेका छन् । प्रहरीले भने प्रहरीमाथि प्रहार गरिएको प्रदर्शनकारीको लाठी उनको टाउकामा लागेको दाबी गर्दै आएको छ ।

प्रदर्शनलाई ध्यान दिँदै विराटनगरमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट