May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

गोलबजारका मेयरमाथि मोबिल खन्याएर आक्रमण, कारबाहीको माग गदै एमाले कार्यकर्ता सडकमा

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १२:४२
गोलबजारका मेयरमाथि मोबिल खन्याएर आक्रमण, कारबाहीको माग गदै एमाले कार्यकर्ता सडकमा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन् । उनीहरू गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजमार्ग समेत अवरुद्ध पारिएको छ ।

मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ समेत रहेका उनीमाथि आक्रमणको प्रयास गर्दा बचाउमा एमालेका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।

कार्यालयबाट बाहिर जाने क्रममा मेयर श्रेष्ठमाथि केहि व्यक्तिले मोबिल छ्यापेका थिए । सोमध्ये नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधु चरण महरालाई प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल कम्युनिस्ट पार्टी ९बहुमत०को कार्यकर्ता छन् ।

सो पार्टीको जनसंघर्ष परिचालन समितिको पर्चा समेत गोलबजार नगरपालिका क्षेत्रमा फेला परेको थियो । उक्त पर्चामा मेयर श्रेष्ठलाई लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ ।

पक्राउ परेका महरा र सो घटनामा संलग्न अन्यलाई समेत पक्राउ गरी कडा कारबाही गर्नुपर्ने एमालेका युवाहरूको माग छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।