May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायलद्वा रासीरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १0:२३
इजरायलद्वा रासीरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण

एजेन्सी

काठमाडौं : इजरायलले सीरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको छ।

स्थानीय समयअनुसार राति साढे एक बजे इजरायलले हवाई आक्रमण गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  सीरियाली सेनाका अनुसार इजरायलले गोलान हाइट्सबाट दमास्कस वरपरका क्षेत्रका कयौँपटक मिसाइल प्रहार गरेको छ।

जसमा सीरियाली दुई सैनिक घाइते भएको र केही भौतिक क्षति भएको जनाइएको छ। सीरियाली सेनाले केही मिसाइल भने आकाशमै नष्ट गरिदिएको स्थानीय सञ्चारमाध्यम सनालाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ।

इजरायलले हालैका वर्षमा सीरिया सरकार नियन्त्रित थुप्रै क्षेत्रमा सयौँ पटक आक्रमण गरिसकेको छ। गत महिना एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा मिसाइल प्रहार गरेको थियो । तर उसले सीरियामा मिसाइल प्रहार गरेको स्वीकार गर्ने गरेको छैन। उसले लेबनानको हिज्बुल्लाह तथा अन्य सशस्त्र समूह लक्षित आक्रमण गरेको दाबी गर्ने गरेको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट