May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

अव समाधानकासाथ सरकार र मिटरब्याज पीडित बीचको वार्ता

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ ११:३८
अव समाधानकासाथ सरकार र मिटरब्याज पीडित बीचको वार्ता

काठमाडौं 

सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले बताएका छन् ।

शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्य संघर्ष दाहालले बताए ।
मिटरब्याज पीडितको तर्फबाट वार्तामा सहभागी दाहालका अनुसार पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि प्रत्येक जिल्लामा अलग्गै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भएका छन् । ‘आगामी दिनमा सरकारले चाल्ने कदमबारे दुवै पक्ष सहमत भएका छौं,’ दाहालले भने । अहिले खाना खानका लागि छोटो ‘ब्रेक’ भएको र खाना खाइसकेपछि फेरि बस्ने वार्तामा बाँकी छलफल हुने उनले बताए ।

उनका अनुसार मिटरब्याज समस्याका कारण हिजोको दिनमा देखापरेका समस्याहरु समाधान कसरी गर्न सकिन्छ भन्नेमा वार्ता केन्द्रित छ । जालसाजीपूर्ण तरिकाबाट फसाइएका, अदालतबाट सजायँ तोकिएका र पक्राउ पुर्जी जारी भएका पीडितलाई तत्कालीन समयमा कसरी न्याय दिने भन्ने छलफल अवको वार्तामा हुने र प्राथमिकता साथ समाधानका लागि पहल हुने दाहालले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।