sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १७:४६
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’

काठमाडौं।
यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट पत्रकार कुशलभ केसी सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को विशेष अवसरमा नगद सहित केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो।


क्राइम टिभीका प्रस्तोता समेत रहेका पत्रकार केसीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मानपत्र हस्तान्तरण गरेका हुन्। करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका केसीले लगातार जनताको समस्यालाई लिएर आफ्नो कर्मलाई अगाडी बढाइरहेका छन्। उनि अनलाइन टिभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष रहेका छन् भने मुनलाइट टिभीमा पनि आबद्द भएर काम गरिरहेका छन्।


केसीले समाजमा देखिएका विकृति र विसंगती विरुद्ध लगातार मिडिया मार्फत आवाज उठाएर निडर पत्रकारको रुपमा परिचित रहेका छन्।रिपोर्टिंगका क्रममा उनि धेरै पटक आक्रमणमा समेत परेका छन्। उनको उक्त सहासलाई सम्मान गर्दै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पुरष्कृत गरेका हुन्। केसीले सम्मानित भएपछि विकृति, विसंगती र अन्याय, अत्याचार विरोधीका विषयमा जनतालाई सु–सूचीत गर्ने र समाचार संप्रेषणलाई अझ व्यवस्थित र व्यवसायीक बनाउदै लैजाने बताएका छन्।

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १७:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid