April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १७:४६
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’

काठमाडौं।
यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट पत्रकार कुशलभ केसी सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को विशेष अवसरमा नगद सहित केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो।


क्राइम टिभीका प्रस्तोता समेत रहेका पत्रकार केसीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मानपत्र हस्तान्तरण गरेका हुन्। करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका केसीले लगातार जनताको समस्यालाई लिएर आफ्नो कर्मलाई अगाडी बढाइरहेका छन्। उनि अनलाइन टिभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष रहेका छन् भने मुनलाइट टिभीमा पनि आबद्द भएर काम गरिरहेका छन्।


केसीले समाजमा देखिएका विकृति र विसंगती विरुद्ध लगातार मिडिया मार्फत आवाज उठाएर निडर पत्रकारको रुपमा परिचित रहेका छन्।रिपोर्टिंगका क्रममा उनि धेरै पटक आक्रमणमा समेत परेका छन्। उनको उक्त सहासलाई सम्मान गर्दै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पुरष्कृत गरेका हुन्। केसीले सम्मानित भएपछि विकृति, विसंगती र अन्याय, अत्याचार विरोधीका विषयमा जनतालाई सु–सूचीत गर्ने र समाचार संप्रेषणलाई अझ व्यवस्थित र व्यवसायीक बनाउदै लैजाने बताएका छन्।

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १७:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट