April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु आईपीएल : राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय नेप्से १५ अंकले घट्यो आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भन्दै राप्रपा प्रवक्ताको व्यंग्य देउवाको एमालेलाई प्रश्न- मदन भण्डारीको हत्यारा किन नखोजेको ? विशेष अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थसचिवको जिम्मेवारी अर्थसचिव पुस्कर प्रधानमन्त्री कार्यालयमा गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

एकपछि अर्को बैंक डुब्दै, सबै रकम फिर्ता पाउन निक्षेपकर्ताले के गर्ने ?

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० 0९:२८
एकपछि अर्को बैंक डुब्दै, सबै रकम फिर्ता पाउन निक्षेपकर्ताले के गर्ने ?

रिपब्लिक बैंकसँग अन्य वित्तीय संस्थाको तुलनामा धनाढ्य कारोबारीनै बढी थिए । बैंकको ऋण चुक्तामा विरलै समस्या आउनेगर्थ्यो ।

तर बैंकको निक्षेप भने संघीय निक्षेप निगमले तोकेको सीमाभन्दा बढी थियो । निगमले २ लाख ५० हजार डलरको सीमा तोके पनि निक्षेपकर्तासँग त्यस सीमाभन्दा बढी रकम संकलन गरेको थियो । सीमाभन्दा माथिका रकम बिमीत रकम थिएनन् ।

बैंक टाट पल्टिएसँगै अब पैसा डुब्ने चिन्ता निक्षेपकर्ताहरूमा छ । उनीहरूले निगमको सीमाभन्दा बढी रकम राखेको स्थितिमा सबै रकम फिर्ता पाउने संभावना कमै हुन्छ । यद्यपि निक्षेप बिमा निगमका अनुसार रिपब्लिक बैंक टाट पल्टिएपनि निक्षेपकर्ताहरूले आफ्नो रकम भने प्राप्त गर्नेछन् ।

प्रविधि कम्पनीमा लगानी गर्दै आएका सिलिकन भ्याली र सिग्नेचर बैंकले पनि गत मार्चमा यस्तै स्थिति व्यहोरेका थिए ।

रिपब्लिक बैंकका सम्पूर्ण सम्पत्ति जेपी मोर्गन कर्पोरेशनले लिएको छ । यस कम्पनी बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । अब रिपब्लिक बैंकको ग्राहक अब जेपी मोर्गन कर्पोरेशनको हुनेछन् ।

निक्षेपकर्ताको रकम कत्तिको सुरक्षित

यदि निक्षेपकर्ताको रकम २ लाख ५० हजार वा त्यसभन्दा कम छ भने उनीहरूले सबै रकम फिर्ता पाउनेछन् । त्यस निक्षेप बिमित हुने भएकाले उनीहरूले सहजै पाउने स्थिति छ ।

अमेरिकाका सबै बैंकले निक्षेपको विमा गरेका हुन्छन् । संघीय निक्षेप बिमा निगमको संकेत हरेक बैंकमा देख्न सकिन्छ । त्यसैले २ लाख ५० हजारसम्मको रकम निगमलेनै निक्षेपकर्तालाइ चुक्ता गरिदिनेछ । त्यसभन्दा बढी कुनै पनि रकम फिर्ताका लागि निगम बाध्य हुनेछैन ।

यदि बैंकमा कसैको मुद्दतिमा पनि पैसा छ र साधरण बचत खातामा पनि रकम छ भने उनीहरूको पनि २ लाख ५० हजार बराबरकै रकम बिमित हुनेछ । यस्तो अवस्थामा  निक्षेपकर्ताले २ लाख ५० हजार डलर  बरारबरको रकमको भुक्तानी मात्रै निक्षेपकर्ताले पाउनेछन् ।

निक्षेपकर्तालाई कस्ता छन् खतरा?

अमेरिकामा कुनै पनि बैंक टाट पल्टिने नजिक पुगेको अवस्था थाहापाउन निक्षेपकर्ताले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । उनीहरूले बैंकको स्टक मुल्य, बैंकको त्रैमासिक तथा वार्षिक प्रतिवेदनलाइ निक्षेपकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ । बैंकको नयाँ विषय थाहा पाउन गुगल अलर्टमा हेरिरहनुपर्नेछ । बैंकको संस्थागत व्यवहारप्रति निक्षेपकर्ता चनाखो रहनुपर्नेहुन्छ ।

सार्वजनिक तथा निजी कम्पनीहरुले विभिन्न प्रयोजनका लागि सेयर बेच्ने वा जारी गर्ने भएकाले त्यसको सन्दर्भ थाहापाउन जरूरी छ । उदाहरणका लागि रिपब्लिक बैंकले पनि यस वर्ष सेयर विक्री गरेको थियो । लगानीकर्ताहरूले बैंक खतरामा रहेको संकेत पाएका थिए । एकपछि अर्को गर्दै क्रमश लगानीकर्ताहरू बैंकबाट लाखपाखा लागे । धेरै निक्षेपकर्ताहरूले आफ्नो रकम झिके अन्तत बैंकनै टाट पल्टियो ।

आफ्नो रकम सुरक्षित गर्नका लागि निक्षेपकर्तालाइ केही  उपाय पनि छ । यदि २ लाख ५० हजार डलरभन्दा बढी रकम रहेको अवस्थामा उनीहरूले संयुक्त खाता खोलर पाँच लाख डलरसम्मको रकम संघीय निक्षेप निगमबाट बिमित गराउन सक्ने वित्तीय विद् ग्रेग ब्राइडको भनाइ छ । ‘विवाहितहरूले १० लाख डलरसम्मको नगद संयुक्त खाता खोलेर रकम बिमित गराउन सक्नेछन्,’ ग्रेगले भने ।

यस्तै निक्षेपकर्तालाइ बैंकको अवस्थामा शंकास्पद लागेको खण्डमा अन्य वित्तिय संस्था पनि रकम सार्नसक्नेछन् । एउटा बैंकमा २ लाख ५० हजार डलरभन्दा बढी रकम रहेको अवस्थामा बढी रकम अन्यत्र सारेर त्यहाँ पनि निक्षेप बिमा गर्ने सुविधा निक्षेपकर्तालाइ छ ।

वित्तीय विद्हरूले निक्षेपकर्तालाइ बैंक तथा वित्तीय संस्थाबाट रकम झिकेर घरमा नराख्न सुझाएका छन् । घरमा भन्दा बैंक तथा वित्तीय संस्थामानै रकम सुरक्षित हुने उनीहरूको भनाइ छ । निक्षेप सुरक्षका लागि संस्था सारेर २ लाख ५० हजारको सीमामा बिमा गर्न उनीहरू सुझाउँछन् ।

कस्ता रकम निगमले वीमा गर्दैन ?

संघीय निक्षेप बिमा निगमले बैंक टाट पल्टिएको केही दिनभित्रै रकम फिर्ता गरेको इतिहास छ । निक्षेपकर्ताको रकम अर्को संस्थाको खातामा वा खाता नभएको अवस्थामा चेकमार्फत निगमले भुक्तानी दिन्छ । निगमले दिने भुक्तानीको विभिन्न नियम छन् । कस्ता पैसा भुक्तानी दिने वा कस्ता लगानीमा रकम नदिने भन्ने निर्क्यौल निगमले गर्नेछ । निगमले प्रति वित्तीय संस्थामा कति रकम बिमित छन् भन्ने कुरा  विद्युतीय निक्षेप बिमा अनुमानक प्रणालीबाट थाहापाउँछ । निगमले निकासी खाता, बचत खाता तथा मुद्रा बजार निक्षेप खाता जस्ता खाताहरूमा हुने रकमको बिमा स्वीकार गर्छ । स्टकमा गरिएको लगानी, म्युचल फण्ड, बोन्ड, जीवन विमा, क्रिप्टोबाट आर्जित रकमलगायतमा उसले बिमा गर्दैन ।

श्राेत : अनलाइन खबर

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।