November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

दैनिक ९ घण्टा बन्द हुने, बुटवल–तानसेन सडक

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १0:२२
दैनिक ९ घण्टा बन्द हुने, बुटवल–तानसेन सडक

बुटवल 

सिद्धबाबा सुरुङ मार्गको पूर्वतयारीको काम गर्न सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको काम फागुन दोस्रो हप्तादेखि जारी राखेको छ । सो क्रममा माथि पहरोबाट खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी साधन आवागमन बन्द रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने अवरोध नहुने बास्तोलाले बताए । यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरेर सुरुङ मार्गको पूर्वतयारीका काम सुरु भएको थियो ।

बुटवल–तानसेन खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ ११ सय २६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग एक वर्षअघि ठेक्का सम्झौता भएको थियो ।

सुरुङ मार्गको डीपीआरको अन्तिम डिजाइन स्वीकृत हुने क्रममा रहेकाले त्यसलगत्तै सुरुङ मार्ग निर्माणको काम सुरु हुने सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय प्रमुख होमबहादुर एसीले बताए ।

सम्झौता अनुरूप काम भए चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्