April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

‘मेरा प्रतिष्पर्धी पहिला नै टेष्ट भइसकेकाले अब मेरो पालो’

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ १७:१0
‘मेरा प्रतिष्पर्धी पहिला नै टेष्ट भइसकेकाले अब मेरो पालो’

झापा ।। सामाजिक संघ संस्थााहरुमा फराकिलो परिचय बनाएका छन्, मेचीनगर–६ का युवा नेता गोपाल तामाङले । झापा क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका तामाङ यो भेगमा लोकप्रिय नेता मानिन्छन् । दर्जन बढी सामाजिक एवम् राजनीतिक संघसंस्थाको नेतृत्वमा सफलता हासिल गरेका उनी मंसिर ४ मा हुने निर्वाचनको आशा र भरोसा गरिएका धेरै युवा उम्मेद्वारको सूचीमा अग्रपंक्तिमा उभिएका छन् ।
२०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समेत सहभागी बनेका तामाङ २०४७ देखि मेची बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भए । २०६२÷०६३ को जनआन्दोलनमा युवालाई गोलबद्ध बनाउने अभियानका मुख्य अभियन्ता तामाङले छोटो समयमै राजनीतिक छलाङ मारे । नेपाल तरुण दलको वडा सभापति हुँदै जिल्ला सभापतिको नेतृत्वमा रहेर युवालाई गोलबद्ध बनाउन उनी सफल भएका छन् । १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि छानिएका तामाङ यसअघि उनी ०७४ सालको निर्वाचनमा झापा क्षेत्र नं १ ‘क’ बाट समानुपातिक उम्मेद्वार बनेका थिए । निर्वाचनमा केन्द्रित भएर उनीसँग गरिएको कुराकानीः
चुनावी प्रचारको गतिविधि कसरी अघि बढिरहेको छ ?
–अन्य पार्टीहरु झैँ हामी पनि प्रचारमा आक्रामक ढंगले लागेका छौँ । खासगरी हाम्रो दलले माओवादी, एकीकृत समाजवादी जस्ता ठूला शक्तिहरुसँग सहकार्य गरेका कारण सहयोद्धा दलहरुसँगको छलफल, सहकार्य र सल्लाहबाट चुनावी प्रचारलाई तीव्र पारिरहेका छौँ । जनताको मत बटुल्न घरदैलोमा पुगिरहेका छौँ ।
तपाईंको चुनावी एजेण्डा चाहिँ के छ ?
–दलका नेताहरुमा एउटा समस्या के देखिएको छ भने चुनावमा मत लिने र मत पाएर जितेपछि फर्किएर गाउँ नजाने, जनताका अपेक्षाहरु पुरा नगर्ने, विकास गतिविधिमा संलग्न नबन्ने लगायतका समस्या देखिएको छ । तर, मेरो स्वाभाव चै तेस्तो छैन । चुनावमा नलड्दा पनि म निरन्तर जनताको काममै तल्लीन थिएँ, अहिले पनि जनताका आशा अपेक्षा बुझिरहेकै छु । मेरो खास ठूलो एजेण्डा त केही छैन । अन्य नेताहरुले जस्तो आश देखाएर जनतालाई निरास पार्ने पक्षमा म छैन । त्यसैले यसपटक परिवर्तनको एजेण्डालाई मैले अघि सारेको छु ।
परिवर्तन किन ?
जनताले परिवर्तन खोजिरहेका छन् । सामाजिक रुपान्तरणसँगै राजनीतिलाई पनि सच्चाएर लैजानु पर्छ भन्ने जनमत पछिल्लो समय बढिरहेको छ । अब परिवर्तन टड्कारो रुपमा जरुरी पनि भएको छ । दलका गतिविधिप्रति दुरदराजका जनता सन्तोष छैनन् । राजनीतिप्रति आम जनतामा वितृष्णा पैदा भएको छ । अब जनताले हस्तक्षेप गर्न सुरु गरेका छन् । राजनीतिक रुपमा समग्रतामा परिवर्तन नै मेरो मुल एजेण्डा हो । राजनीतिलाई इमान्दार बनाउने, सच्चाएर लैजाने कर्मको सुरुआत मैले थालेको छु ।
जनताको अपेक्षा के छ ?
–कतिपय ठाउँमा त जनताले हिजोका नेताले आश मात्रै देखाए । पुरा गर्न सकेनन् भन्दै पुराना नेतासँग जनता रुष्ट पनि देखिएको छ । युवाका कारण आम मतदाताले म प्रति धेरै आशा गरेको पाएको छु । मत पाएपछि गाउँ फर्किएर नजाने, शहरमै बस्ने परिपाटीप्रति जनता आक्रोसित देखिएको छ । मेरो हकमा चाँहि परिवर्तनको मुद्धा बोकेर जादै गर्दा, नयाँ उम्मेदवार हुदै गर्दा, परिवर्तन हुनुपर्याे भनिरहेका छन् । अब युवा पुस्ताले नेतृत्व लिनु पर्छ भन्ने आम बुझाई पाइरहेको छु । मेरा प्रतिष्पर्धी पहिला टेष्ट भइसक्नु भएको छ । अब पालो मेरो हो । ‘पुरानालाई हैन, नयाँलाई’ भन्ने जनमत व्यापक रुपमा बढिरहेको छ । यो मेरा लागि उत्साहको कुरा हो ।
युवा मतदाताका लागि चाहिँ तपाईंको ठोस योजना छ ?
–युवा भएका नाताले, युवा मतदाताप्रति म बढी नै संवेदनशील छु । युवाका हरेक गतिविधिप्रति मेरो साथ र सहयोग रहन्छ । खासगरी खेल क्षेत्रमा आबद्ध युवाप्रति सदैव सहयोग रहने छ । लागूऔषध जस्तो दुव्र्यसनको दलदलमा फसेका युवालाई सही बाटोमा डोहोर्याउने अभियानका लागि पनि ठोस काम गर्ने मेरो योजना छ । लामो समय नाइट चेस क्लब जस्तो सामाजिक संस्थामा काम गरेको अनुभवले पनि युवा जमातप्रति मलाई सिरियस बनाएको छ । तसर्थ युवाको मुख्य आवश्यकता रोजगारी नै हो । रोजगारी नभएर विदेशिएको अवस्था व्याप्त छ । अब युवा पलायनलाई रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा म अग्रसर बन्ने छु । पर्यटन विकासमा पनि काम गर्ने योजना छ । कृषि उद्यमबाट पनि रोजगारी सिर्जना गर्ने छाँै । जलश्रोतको विकास गर्न सकिन्छ ।
पार्टी बाहिरका मतदातालाई तान्ने योजना के छ ?
–अब हामीले पार्टी मात्रै हेर्नु हँुदैन । पार्टी भन्दा माथि उठेरै मन परेका उम्मेदवारलाई मतदाता गर्नु पर्छ । जसरी आज हर्क, बालेनहरु उदाए अब त्यसैगरी अन्य युवाहरु पनि उदाउने कुरामा दुइमत छैन । यद्यपि राजनीतिक दलको विकल्प भने छैन । दलभित्रको नराम्रा क्रियाकलापलाई सच्चाएर लैजानु पर्छ । सुधारेर लैजानु पर्छ । राजनीतिलाई कमाइखाने भाडो हैन, कि सेवा हो माध्यम बनाइनु पर्छ ।
मेरो पार्टी बाहिरका आम जनताले पनि नयाँ भएका कारणले मलाई नै मतदान गर्नु हुन्छ भन्ने कुरामा म ढुक्क छु । काँकरभिट्टा खानेपानी, नाइट चेस, रोटरी जस्ता संघ संस्था र क्लबहरुमा विगतमा सक्रिय ढंगले लागेका कारण मतदाताले पार्टी मात्रै हेर्छ भन्ने कुरामा मलाई चै विश्वास छैन । उहाँहरुले व्यक्ति हेर्नुहुन्छ । म नेपाली काँग्रेसको मात्रै हैन, यो भेगकै साझा उम्मेदवार हुँ भन्ने कुरामा म विश्वस्त छु ।
गठबन्धनप्रति कुनै अविश्वास छ कि ?
–विल्कुल अविश्वास हुने कुरै हँुदैन । अघिल्लो स्थानीय तह चुनाव अघिदेखि केन्द्रबाट भएको गठबन्धनप्रति हामी मात्रै हैन कि सहयोद्धा दलहरु सबै विश्वस्त छौँ । विगतमा गठबन्धनबीच नै बेमेलको स्थिति पनि भयो होला । तर, अहिलेको अवस्था फरक छ । स्थानीय चुनावबाट हामीले पाठ पनि सिक्यौँ । धेरै स्थान गुमाउँदाको पीडाप्रति गठबन्धन दलहरु गम्भीर नै होलान भन्ने छ । अब पनि कमीकमजोरी भयो भने सिंगो गठबन्धनकै भविष्य अन्धकारमय बन्ने छ । मुख्यत तीन दल व्यवस्थापकीय हिसाबले पनि मजवुद छौँ । कार्यकर्ता पंक्तिमा पनि विश्वासिलो धरातल बनेको छ । काँग्रेसले माओवादीलाई र माओवादीले काँग्रेसलाई भोट नहाल्ने विगतको गल्ती अब हुनेछैन ।
यो भेगमा ठूलो हिस्सा आदिवासी जनजाति समुदायको छ ती समुदायको माया पाउनु हुन्छ जस्तो लागेको छ ?
–निश्चय पनि उहाँहरुको मायामा एक इन्च पनि फरक पर्ने छैन भन्ने कुरामा म निर्धक्क छु । आदिवासी जनजाति, दलित, पिछडा वर्ग र सामाजिक रुपमा हेपिएका, थिचिएका समुदायको मायाले नै म चुनाव जित्ने छु । उहाँहरुको अधिकारलाई सुनिश्चित गर्ने काम अरु नेताबाट हँुदैन भन्ने कुरा विगतको इतिहासवाट पुष्टी भइसकेको छ । विगतमा यो भेगबाट जितेर सांसद बनेका नेताहरुले उहाँहरुको हक अधिकार स्थापित गर्न कस्तो भूमिका खेल्नु भयो त्यो त छल्लंगै छ नि । यसमा मैले धेरै कुरा गरिरहन जरुरी छैन ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जनजाति÷आदिवासीकै हित सुनिश्चित गर्ने गरि स्थापना भएका हुन् । हाम्रो संविधानले अंगीकार गरेका यी उपलब्धिलाई आम जनजाति÷आदिवासीको जीवन रुपान्तरण गराउने उर्जा बनाउन म लागि परेको छ । हाम्रो भाषा र सांस्कृतिक धरोहरहरु संकटमा छन् । हामी आफैँ आफ्नो भाषा बिर्सेर हिँडेका छौँ । भाषा र संस्कृति संरक्षण गर्न हर तरहले म लाग्नेछु ।
अन्त्यमा के भन्नु हुन्छ ?
–म तामाङको छोरा हुँ । यसमा मलाई गर्व छ । तसर्थ विश्वभरिका तामाङहरु एकजुट हुनु पर्छ भन्ने मेरो मान्यता पनि छ । विगतका शासकले हामीमाथि गरेको विभेदलाई हामीले बिर्सनु हुँदैन । मेरो समुदायको गर्विलो इतिहास छ, त्यसलाई मेटिन नदिन म मेरो समुदायका मतदाताहरुलाई चाहिँ विशेष अनुरोध गर्छु । दश औँला जोडेर, शिर निहुर्याएर विनम्रता साथ अनुरोध गर्छु कि, यसपटक मौका दिनु होस् । म समुदायको हितमा काम गरेर दखाउनेछु ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट