April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

गृहमन्त्री शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितको अडान

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १४:३७
गृहमन्त्री शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितको अडान

काठमाडौं

आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा आएर आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

मिटरब्याज पीडितसँग छलफल गर्न पुगेका गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गरेका थिए ।

त्यसको जवाफमा मिटरव्याज पीडितले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान लिए र वार्ताका लागि मन्त्री शान्ति बाटिकामा आउनु पर्ने बताए ।

१८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार सरकारले आयोग गठन गरेको छ ।
तर त्यो सहमतिलाई अपुरो भन्दै मिटरब्याज पीडितको अर्को समूहले आएर काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १४:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट