April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

मुलुकमा कोरोना संक्रमितको संख्या क्रमशःउकालो लाग्दै

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १0:३६
मुलुकमा कोरोना संक्रमितको संख्या क्रमशःउकालो लाग्दै

चैत १७ गते एकैदिन १ सय ४२ जनामा संक्रमण पुष्टि भयो।कोरोना संक्रमणको वृद्धिले धेरैजनालाई झस्काएको छ।हाल केही दिनयता संक्रमितको संख्या औसतमा दुई अंकमा सीमित रहेको पाइएको छ।संक्रमण सक्रिय भएसँगै सबैमा केही प्रश्नहरू भने उब्जिएका छन्।यो भाइरस कति घातक हो ? जोगिन के गर्नुपर्छ ? भन्ने जिज्ञासा पैदा भएका छन् ।

संक्रमण सक्रिय देखिन थालेपछि नयाँ स्वरूपको भाइरसको आगमन भएको अनुमान गर्ने गरिन्छ।भाइरसमा निरन्तर स्वरूपमा परिवर्तन (जेनेटिक परिवर्तन) देखिनु स्वाभाविक र प्राकृतिक पनि मानिन्छ।सन् २०२२ को अन्त्यमा कोरोनाको जिन सिक्वेन्सिङ गर्दा कम्तीमा ओमिक्रोनको १७ सब–टाइप देखिएका थिए।तत्पश्चात के कस्ता सब–टाइपहरू आयातित वा विकास भए भन्ने परीक्षण भने भएनन।तर, केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नयाँ कोरोना विशेषतः भारतबाट आयातित भएको हुन सक्ने धेरैको अनुमान थियो।मुलुकमा देखिएका ओमिक्रोनका १७ सब–टाइपमध्येमा म्युटेसन भएर वा यी सब–टाइपहरूबीच हाइब्रिड भएर नयाँ भाइरसको विकास भएको हुनसक्ने सम्भावना छ।तेस्रो मुलुकमा देखिएका नयाँ भाइरसको पनि आयात हुनसक्छ।

गत चैत २० गते स्वास्थ तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा नेपालमा ओमिक्रोनका ९ वटा सब–टाइपरू देखिएको सार्वजनिक गरेको थियो।यसमा ४२ प्रतिशत संक्रमितमध्ये सबैभन्दा धेरै जनामा ओमिक्रोनको नयाँ भाइरस एक्सबीबी १.१६ पुष्टि भएको छ।यो भाइरस भारतमा संक्रमण भइरहेको छ।तीन महिना अगाडि देखिएको १७ सब–टाइपहरूबाट घटेर ९ वटामा सीमित हुन पुगेको थियो।तर, पनि अधिकांश भाइरसहरू नेपालका लागि भने नौलो देखिन्छन्।आगामी दिनमा ओमिक्रोनका ९ सब–टाइपहरूमध्ये हाल बढी संक्रामक देखिएको एक्सबीबी १.१६ ले नै अग्रता लिन्छ वा अरू सब–टाइपहरूले प्रतिस्थापन गर्नेछ भन्नेमा आगामी दिनमा प्रस्ट हुँदै जानेछ।

समुदायमा कोरोना संक्रमितको संख्यामा बढोत्तरी देखिन सक्छ।मूल ओमिक्रोन र कमन कोल्ड वा मौसमी फ्लुमा देखिने लक्षणहरू लगभग एक अर्कासँग समान छन्।यस्तो अवस्थामा परीक्षण अनिवार्य नै गर्नुपर्दछ। तर, ओमिक्रोन देखिनु अघि डेल्टा भेरियन्टमा स्वाद र गन्ध थाहा नपाउने प्रमुख लक्षणहरू थिए। ओमिक्रोन देखिए लगत्तै भने यी लक्षणहरू प्रमुख मानिदैनथ्यो। तर, हाल कोरोना संक्रमितहरूमा स्वाद र गन्ध थाहा नपाउने देखिने गरेको पाइन्छ। जाडो लाग्नु, टाउको तथा शरीर र ढाड अत्यधिक दुख्नु, आँखा दुख्नु, अत्यधिक थकान महसुस गर्नु तथा खोकी लाग्नु जस्ता थप लक्षणहरू संक्रमण पुष्टि भएका व्यक्तिमा देखिएका छन्।तर, पनि हाल कोरोना भाइरस र मौसमी फ्लु सँगसँगै फैलिरहेकाले प्रयोगशाला परीक्षण गरेर पुष्टि गर्नु राम्रो हुनेछ।किनभने यी दुई भाइरसको फैलने तरिका र लक्षणहरूमा धेरै समानता देखिने गर्छ।तर, परामर्श वा उपचारमा भने फरक हुन्छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट