sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:३२
सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम
बागलुङ नगरपालिकाले बजार एरियाको सडक टालटुल पारि कालोपत्रे गर्न ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएपछि बागलुङ बजार भित्र जताततै सडक खनेर खाल्डाखुल्डी पारिएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ३ ट्राफिक चोक देखि वडा नम्बर २ हल्लन चोक ,धौलागिरि चोक भित्रका मुख्य सडक भित्र ठुलो खाल्डाखुल्डी पारिएको कारण सडकमा सवारीसाधन चलाउदा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले कामको जिम्मेवारी लिएर सहि ढंगले काम नगर्दा बजारमा समस्या सृजना भएको नगरवासीको भनाइ छ ।

नत प्रशासन छ नत स्थानीय सरकार नै कोहीपनि जिम्मेवार नबनेको कारण बागलुङ बजारमा सडक अस्तब्यस्त बनेको दिनहुँजसो सवारीसाधन दुर्घटनाको जोखिम मोलेर हिड्ने गरेको स्थानीय प्रेमलाल गौतमले बताए ।

बागलुङ नगरपालिकाले नगर भित्रका सडकमा भएको खाल्डाखुल्डी पुर्न १ करोड ४८ लाखको टेण्डर गरेकोमा १ करोड ३२ लाखमा ठेक्का सम्झौता भइ असार सम्ममा काम सम्पन्न गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख्र प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले बताए ।

 

बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि ठूलो योजनाको सतह ढल निर्माण गर्ने भनेर बिग्रेको सडक पुर्वाधार नबाइकन बसेको नगरपालिकाले ढल बनाउने योजना कार्वान्यन गर्न नसकेपछि सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्न लागेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका भित्रको बजार क्षेत्रको सडक गतबर्ष गुणस्तरीय नबनाएको कारण ठाउँ ठाउँमा भत्किएपछि सडक निर्माण गर्न नगरवासीले पटकपटक ताकेता गरेपछि बागलुङ नगरपालिकाले सडक मर्मतसम्भार गर्न टेण्डर खोलेपनि ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दा बागलुङ बजारको सडकमा दुर्घटनाको जोखिम बढेर गएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid