April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

विराटनगर महानगरले तोकेको पार्किङ्गस्थलमा सिसी क्यामरा र बत्ति जडान गरिने, स्थान थप्ने निर्णय

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:२५
विराटनगर महानगरले तोकेको पार्किङ्गस्थलमा सिसी क्यामरा र बत्ति जडान गरिने, स्थान थप्ने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ । पार्किङस्थललाई सुरक्षित बनाउन सिसी क्यामरा र बत्ति जडान गरिने निर्णय भएको हो ।

महानगरपालिकाले सरोकारवालासँग बिहीबार गरेकोे बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय भएको छ । महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

यसअघि कार्यान्वयनमा ल्याएका पार्किङस्थलमा भौतिक संरचना थप गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको छ । त्यस्तै जलजला चोकदेखि डिएसपी अफिससम्म भने पार्किङस्थल निश्चित भएपछि नो पार्किङको निर्णयलाई कार्यान्वयनमा ल्याइने भएको छ । यसका लागि महानगरपालिकाले व्यवस्थापन मिलाउनु पर्नेछ ।
बैठकले यसअघि तोकिएका पार्किङस्थलहरु थप व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु थप गरी सीसी क्यामेरा र बत्ती जडान गरी सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको बैठकले पार्किङस्थललाई जतिसक्दो छिटो व्यवस्थित गरी नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ । साथै बैंक तथा वित्तीय संस्था, अस्पताल, होटेल, सरोकारवाला संस्थाहरुलले आफ्नो पार्किङको आफैं व्यवस्थापन गर्नका लागि पत्राचार गर्ने निर्णय भएको महानगरका प्रवक्ता सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।

तोकिएका स्थानको पार्किङलाई व्यवस्थित बनाउन भोलिदेखि नै लाग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । बैठकमा मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा महानगर लागिपरेकाले सहयोग गर्न आग्रह गर्नु भएको थियो । बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष दीपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, उपाध्यक्ष प्रमोद अग्रवाल, खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल, उपाध्यक्ष अञ्जय मिश्रलगायतले महानगरको अभियानमा आफूहरुले साथ दिने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँहरुले पार्किङलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा विराटनगर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे नेपाल, कमल श्रेष्ठ, खुश्वु विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । सो अवसरमा खुद्रा व्यापार संघले पार्किङलाई व्यवस्थित बनाउनुपर्ने, स्वदेशी बजारको प्रवद्र्धनमा लाग्नुपर्ने, जोगबनी नाकामा कडाइ गर्नुपर्नेलगायतका माग राखेर महानगरका मेयर कोइरालालाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट