May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

भद्रपुरमा धनीपूर्जाका लागि दुई हजार बढीको निवेदन, दुई सय ४५ ले पाए नाप नक्साको निस्सा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:२८
भद्रपुरमा धनीपूर्जाका लागि दुई हजार बढीको निवेदन, दुई सय ४५ ले पाए नाप नक्साको निस्सा

भद्रपुर, २१ कात्तिक । राष्ट्रिय भूमि आयोगले भद्रपुर नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नाप नक्साको निस्सा वितरण शुरु गरेको छ ।

भद्रपुर नगरपालिका मार्फत संकलन गरिएको भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी मध्ये आयोगले आइतबार पहिलो चरणमा वडा नम्बर १ र २ का दुई सय ४५ जनालाई नाप नक्साको निस्सा वितरण गरेको हो ।

वडा कार्यालयहरूमा आयोजित कार्यक्रमका बीच वडा नम्बर १ का ४० जना भूमिहीन सुकुम्बासी, १४ जना भूमिहीन दलित र ४२ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ । त्यस्तै वडा नम्बर २ का १८ जना भूमिहीन सुकुम्बासी र एक सय ३१ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ । उनीहरूलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, भद्रपुर नगर प्रमुख गणेश पोखरेल लगायतले निस्सा वितरण गरेका थिए ।

नगर क्षेत्रका दुई हजार ७० परिवारले लालपुर्जाका लागि नगरपालिकामा निवेदन दर्ता गराएका छन् । जसमा भूमिहीन सुकुम्बासी नौ सय दुई, दलित भूमिहीन ९१ र अव्यवस्थित बसोबासी एक हजार २८ जना रहेको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले जानकारी दिए ।

दुई हजार ७० मध्ये ४९ जनाको निवेदन अपूर्ण रहेको उनको भनाइ छ । करिब २९ सय परिवारले सम्बन्धित वडाहरूमा निवेदन दर्ता गराए पनि मापदण्ड नपुगेकाहरूलाई हटाइएको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।