sweet bonanza
June 19, 2026 | शुक्रबार, असार ६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हङ्कङ र पीएनजीविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २०, २०८० १0:३0
हङ्कङ र पीएनजीविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङ्कङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाल र हङ्कङबिचको टी–२० क्रिकेट शृङ्खला मार्च ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ । उक्त शृङ्खला हङ्कङमा खेलिने छ ।

विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रासिद खानलाई पनि हङ्कङविरुद्धको शृङ्खलाका लागि टोलीमा समेटिएको छ । रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा र सन्दीप जोरा रहेका छन् ।

यसैगरी टोलीमा आरिफ शेख, विवेक यादब, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाष बोहरा पनि रहेका छन् । पछिल्लो समय क्यानडा, नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृङ्खलामा सहभागिता जनाउँदै आएका केही सिनियर खेलाडीलाई भने आराम दिइएको छ ।

ओपनर ब्याट्सम्यान आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल साहलाई आराम दिइएको हो । शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल मार्च ९ तारिखमा आयोजक हङ्कङसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल मार्च १० तारिखमा हङ्कङसँगै खेल्नेछ । त्रिकोणात्मक शृङ्खलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी (पीएनजी) रहेको छ । नेपाल र पीएनजीबिचको खेल मार्च १२ तारिखमा खेलिने क्यानले जनाएको छ ।

नेपालले निकट भविष्यमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेल्न लागेको हो । हाल घरेलु मैदानमा जारी नेदरल्यान्ड्स र नामिबियाविरुद्धको टी–२० शृङ्खलामा पनि नेपाली फाइनलमा पुगिसकेको छ ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २०, २०८० १0:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid