April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १६:२६
ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

रौतहट । आफ्नो सट्टामा ज्वाइँलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लगाएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहविरुद्ध जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आइतबार मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट उनको सट्टा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेको थियो ।

नगर प्रमुख साहको सट्टामा एसईई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए । पक्राउ परेका साह नगर प्रमुख साहका आफ्नै ज्वाइँ हुन् । उनी रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनले प्रहरी अनुसन्धानका क्रममा नगरप्रमुख साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको आधारमा साहविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले साहलाई पक्राउ गर्न देवाही गोनाहीलाई पत्रचार गरिसकेको जनाएको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।

यता, नगर प्रमुख साहले भने आफूलाई नियतवस योजनावद्ध ढंगले फसाउन खोजेको र आफ्नो नाममा कसले र किन परीक्षा दिएको केही थाहा नभएको बताउँदै आएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।