sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:३५
क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

बारा । जनमत पार्टीको बारा निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू भएको छ।

पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा आइतबारबाट उक्त यात्रा सुरू भएको हो।

स्थानीय उम्मेदवारलाई जिताएर स्थानीय जनताको स्वाभिमान रक्षा गर्न स्वाभिमान यात्रा सुरू गरिएको पार्टीका नेता बिपी साहले बताए।

उनका अनुसार कोल्हवी गाउँपालिकाबाट सुरू भएको यात्रा करैयामाई, सुवर्ण, देवताल नगरपालिका लगायत निर्वाचन क्षेत्र नम्बर २ का सबै ठाउँमा पुग्नेछ।

आइतबार कोल्हवीमा यात्राको क्रममा राउत घरघर पुगेका थिए। उनले ठाउँठाउँमा आफ्ना पार्टीका उम्मेदवार जिताउनुपर्ने कारण बताएका थिए।

नेता साहका अनुसार स्थानीय जनताको मान सम्मान र स्वाभिमान रक्षाका लागि यो अभियान सुरू गरिएको हो।

‘यसअघि पटकपटक बाहिरका उम्मेदवारहरूले चुनाव जितेर जाँदा यस क्षेत्रमा विकास भएन। बाहिरका उम्मेदवारहरूले आफ्नो स्वार्थ मात्र पूरा गर्दा शिक्षा, स्वास्थ्य, पूर्वाधारमा समस्या भएको छ,’ नेता साहले भने, ‘जनमत पार्टीले यस क्षेत्रको विकास र किसानको समस्या बुझ्ने नेता तथा शिवचन्द्र प्रसाद कुशवाहालाई उम्मदवार बनाएको छ। स्थानीय उम्मेदवार पाउँदा स्थानीय बासिन्दा खुसी छन्। त्यसकारण सहजै जनमतका उम्मेदवार विजयी हुनेछन्।’

राउतले निर्वाचनको मिति घोषणा हुनासाथ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बाहिरिया उम्मेदवार भन्दै प्रहार गरिरहेका छन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid